‘खण्डित सपनाको गीत’ बजारमा

काठमाडौः टङ्क उपे्रतीको निबन्धसङ्ग्रह ‘खण्डित सपनाको गीत’ प्रकाशित भएको छ । रत्न पुस्तक भण्डारले प्रकाशन गरेको पुस्तकमा पछिल्लो डेढ दशकमा उप्रेतीले लेखेको २१ वटा निबन्ध सङ्गृहीत छन् । सङ्ग्रहमा सशस्त्र द्वन्द्व, रूपान्तरण प्रक्रिया र सङ्क्रमणकालजस्ता सन्दर्भलाई समेटेर नेपालीको उन्मुक्ति र उन्नतिको आशा, सङ्घर्ष, धोका, प्राप्त हुन नसकेको खण्डित सपना र प्रतिरोधजस्ता प्रस्तुत गरिएको बताइएको छ । त्यसैगरी सीमान्तीकृत पात्र र विषय पनि निबन्धमा समेटिएका छन् ।

प्रतिक्रिया