‘ललितपुरमा बर्डफ्लुको बिगबिगी’

काठमाडौं, १२ चैत । ललितपुरको भैसेपाटीमा कुखुरामा बर्डफ्लुको पुष्टी भएपछि सरकारले २५ सय बढि कुखुरा नष्ट गरिदिएको छ ।

भैसेपाटी गाविस वडा नम्वर ५ स्थित कमल घिमिरेको पोल्टी फार्ममा रहेका कुखुरामा बर्डफ्लु लागेको पुष्टि भएको छ । बर्डफ्लुको पुष्टिसँगै फर्ममा रहेका २ हजार ५ सय ७४ कुखुरा नष्ट गरिएको छ । फार्ममा रहेको ३ सय ५० बोरा दानापनि नष्ट गरिएको छ ।

बर्डफ्लु पुष्टि भएपछि घिमिरेको फर्म र आसपासको क्षेत्रलाई २४ घण्टे निगरानीमा राखिएको छ ।

यस अघि ललितपुरकै सैबुमा गाविस वडा नम्वर ३ मा धिरेन गुरुङको कुखुरा र्फममा बर्डफ्लुको पुष्टि भएपछि कुखुरा नष्ट गरिएको थियो । राजधानी उपत्यका भित्र बर्डफ्लुको बिगबिगी भएपछि सर्वसाधारण त्रसित भएका छन् ।

प्रतिक्रिया