‘राज्य पुनसंरचनाको प्रतिवेदन पेश’

काठमाडौं, १२ चैत । राज्य पुनसंरचना सुझाव उच्चस्तरीय आयोगको प्रतिवेदन आज संविधानसभामा पेश भएको छ ।

लामो प्रतिक्षा पछि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिवेदन पेश गर्नुभएको हो । संविधानसभामा पेश भएको प्रतिवेदनमा भोलीदेखि चार दिन सम्म छलफल हुने अध्यक्ष नेम्वाङले जनकारी दिनुभयो ।

पछिल्लो पटक संविधानसभा फागुन १ गते बसेको थियो । यस अघि प्रतिवेदन कहाँ पेश गर्ने भन्ने बिषयमा दलहरुका बीच बिवाद थियो । छलफल पछि प्रतिवेदनलाई संवैधानिक समितिमा पठाईने छ ।

यसैवीच, संविधानसभा बैठक बस्नु पूर्व बसेको कार्यव्यवस्था परामर्श समितिले बिवाद समाधान उपसमितिलाई सहमतिका लागि भन्दै पुनः दस दिने समय दिएको छ ।

संविधानसभा बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै नेम्वाङले शान्ति प्रक्रिया नटुङगिदा सम्म नयाँ संविधान आउन नसक्ने बताउनुभयो । उहाँले सेना समायोजनको बिषयलाई पहिला सक्न आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘संविधान बिवादित बिषयमा राजनीतिक सहमति गरी प्रक्रिया छोट्टाएर संविधान जारी गर्नुपर्छ ।’

प्रतिक्रिया