देश गरिब, बैंकर्स धनी

 

 

 

 

पृथ्बीबहादुर पाँडे- प्रमुख कार्यकारी अधिकृत
नेपाल इनभेस्टमेन्ट बैंक
काठमाडौँ, ११ चैत । नेपाल इन्भेस्टमेन्ट बैंकका कार्यकारी अध्यक्ष पृथ्वीबहादुर पाँडे नेपाली बैंकर्समध्ये सम्भवतः सबैभन्दा बढी तलब-सुविधा बुझ्ने बैंकर हुन् । बैंकको आर्थिक वर्ष २०६७।०६८ को प्रतिवेदनअनुसार उनले एक वर्षमा एक करोड ६७ लाख ७४ हजार रुपियाँ बुझेका छन् ।
उनले एक वर्षमा तलब ७५ लाख ६४ हजार, भत्ता ७९ लाख २० हजार र दसैँ खर्चबापत १२ लाख ९० हजार रुपियाँ गरी सो रकम बुझेका हुन् । एक सामान्य सरकारी अधिकृतस्तरको कर्मचारीको तलबभन्दा यो ६० गुणा बढी हो । सामान्य सरकारी अधिकृतस्तरको कर्मचारीले तलबबापत मासिक १८ हजार पाँच सय ९० रुपियाँ र थप सेवा-सुविधास्वरूप औसत पाँच हजार रुपियाँ बुझ्ने गर्दछ ।

अनिल शाह- प्रमुख कार्यकारी अधिकृत
मेगा बैंक
यसबाहेक सञ्चय कोष कट्टा छ भने बिजुली, पानी र टेलिफोनको खर्चसमेत बैंकले नै व्यहोरेको छ । कार्यकारी अध्यक्षलाई एक चालकको खर्च, सवारी साधनको इन्धन, मर्मतसम्भर खर्च एवम् पत्रपत्रिका सुविधासमेत दिइने गरेको छ । दुर्घटना बिमा, औषधि उपचार बिमा, जीवन बिमा भने बैंकको कर्मचारी सेवा विनियमावलीअनुसार भुक्तानी गरिएको छ । बोनस ऐनअनुसार कुल नाफाको १० प्रतिशत कर्मचारीलाई बाँडिने रकमबाट पनि कार्यकारी अध्यक्षले ठूलै रकम हात पार्ने गरेको छ । बैंकले गत वर्ष २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 

 

किशोर महर्जन- प्रमुख कार्यकारी अधिकृत
सिभिल बैंक
गत वर्ष चरम तरलता अभावका कारण बैंकहरूको नाफामा गिरावट आए पनि वाषिर्क एक करोड रुपियाँभन्दा बढी पारिश्रमिक बुझ्ने नेपाली बैंकरहरू दर्जनभन्दा बढी रहेका छन् । नेपाल राष्ट्र बैंकले २०६७ पुसमा बैंकका प्रमुख कार्यकारी अधिकृतको तलबलाई नियमन गर्ने उद्देश्यले वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब सुविधासम्बन्धी मार्गनिर्देशन जारी गरेको थियो । मार्गनिर्देशनमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकको कुल सम्पत्तिको शून्य दशमलव शून्य २५ प्रतिशत अथवा कुल कर्मचारी खर्चको पाँच प्रतिशत रकममध्ये जुन रकम कम हुन्छ,

 

 

 

सुमन जोशी- प्रमुख कार्यकारी अधिकृत
लक्ष्मी बैंक

सोहीबमोजिम प्रमुख कार्यकारीको तलब-सुविधा रहने व्यवस्था गरेको थियो । मार्गनिर्देशनमा तत्कालीन समयमा प्रमुख कार्यकारी अधिकृतहरूले खाइपाई आएको तलबमा भने परिवर्तन नहुने उल्लेख थियो । यसले एक बैंकबाट अर्को बैंकमा जाँदा तलब-भत्तामा बार्गेनिङ गर्ने क्रम रोकिनुका साथै कम तलबमा जानुपर्ने स्थिति पैदा भएको छ । राष्ट्र बैंकको प्रमुख कार्यकारी अधिकृतको तलबमा सीमा तोकेपछि र विकास बैंक र फाइनान्स कम्पनीका प्रमुख कार्यकारीहरूको तलब साधारण कर्मचारीको भन्दा पनि कम रहने देखिएपछि राष्ट्र बैंकले वाणिज्य बैंकबाहेकका वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई वित्तीय सूचकाङ्कको आधारमा तलब-सुविधा निर्धारण गर्ने निर्देशन जारी गरेको छ । वाणिज्य बैंकबाहेकका वित्तीय संस्थाले पुँजीको प्रतिफल, संस्थाको  व्यवसायको आधार, सञ्चालन मुनाफाको स्थिति, भविष्यमा व्यवसाय वृद्धिका आधार, संस्थामा रहने जोखिम एवम् प्रमुख कार्यकारी अधिकृतको शैक्षिक योग्यता, अनुभव, नेतृत्व क्षमता आदिका आधारमा तलब-सुविधा दिइनु पर्ने निर्देशनमा छ ।

राधेश पन्त- प्रमुख कार्यकारी अधिकृत
कुमारी बैंक

वाषिर्क रूपमा एक करोड रुपियाँभन्दा बढी तलब-भत्ता बुझ्ने बैंकर्समा मेगा बैंकका अनिल साह, सिभिल बैंकका किशोर महर्जन, लक्ष्मी बैंकका सुमन जोशी, कुमारी बैंकका राधेश पन्त -हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत), लुम्बनी बैंकका सोहनदेव पन्त, डिसिबिएल बैंकका सुधिर खत्री, बैंक अफ एसियाका पर्शुराम कुँवर क्ष्री रहेका छन् । त्यस्तै वाषिर्क ९० लाख रुपियाँभन्दा बढी बुझ्ने बैंकर्समा किस्ट बैंकका कमल ज्ञवाली, हिमालयन बैंकका अशोक शमशेर जबरा, एनएमबी बैंकका उपेन्द्र पौडेल रहेका छन् । नेपाली वाणिज्य बैंकमा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरूले वाषिर्क कम्तीमा पनि ४० लाख रुपियाँभन्दा माथिको तलब-सुविधा बुझ्ने गरेका छन् ।
विदेशी संयुक्त लगानीमा स्थापित स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेस्ट बैंक र नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले पनि राम्रै तलब-सुविधा पाउने गरेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकको गत आवको वित्तीय विवरणअनुसार उपल्लो व्यवस्थापन तहमा रहेका दुई कार्यकारीले वाषिर्क तीन करोड ६५ लाख रुपियाँ रकम बुझेको उल्लेख छ । त्यस्तै एभरेस्ट बैंकका पिके मोहापात्रले लिने तलब २६ लाख रुपियाँको अलावा काठमाडौँ बसाइको सम्पूर्ण खर्च बैंकले नै व्यहोर्ने गर्छ । नेपाल एसबिआई बैंकका एनके चरीको सम्पूर्ण खर्च स्टेट बैंक अफ इन्डियाबाट व्यहोरिने बैंकको प्रतिवेदनमा भनिएको छ । पूर्ण प्रतिस्पर्धाबाट छानिएका सरकारी सार्वजनिक संस्थानहरूको प्रमुख कार्यकारीले पनि आकर्षक तलब पाउने गरेका छन् । हालै सेवा निवृत्त भएका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले मासिक दुई लाख रुपियाँ तलब बुझेका थिए भने खुल्ला प्रतिस्पर्धाबाट नेपाल विद्युत् प्राधिकरणका महाप्रबन्धक चुनिएका दीपेन्द्रनाथ शर्माले मासिक तीन लाख रुपियाँ पाउने करार गरेका थिए ।

सि.नं.    बैंकको नाम    प्रमुख कार्यकारी अधिकृत    तलब-भत्ता रु.
१.    नेपाल इनभेस्टमेन्ट बैंक    पृथ्बीबहादुर पाँडे    १६७७४०००
२    मेगा बैंक    अनिल शाह    १५९२५०००
३    सिभिल बैंक    किशोर महर्जन    १४४०००००
४    लक्ष्मी बैंक    सुमन जोशी    १३१५७८००
५    कुमारी बैंक    राधेश पन्त    १३०८००००
६    लुम्बिनी बैंक    सोहनदेव पन्त    ११७२२५००
७    डिसिबिएल बैंक    सुधिर खत्री    १११३००००
८    बैंक अफ एसिया    पर्शुराम कुँवर क्ष्त्री    १०३९४२१२
९    प्राइम कमर्सियल बैंक    नारायण दास मानन्धर    १००८००००
१०    किस्ट बैंक    कमल ज्ञवाली    ९६७२६६७
११    हिमालयन बैंक    अशोक शमशेर जबरा    ९२१५१६१
१२    एनएमबी बैंक    उपेन्द्र पौडेल    ९१०००००
१३    सिद्धार्थ बैंक    सुरेन्द्र भण्डारी    ८५६२९७५
१४    एनआइसी बैंक    ससिन जोशी    ८४५०६४०
१५    बैंक अफ काठमाडौँ    अजय श्रेष्ठ    ७५०००००
१६    सिटिजन्स बैंक इन्टरनेसनल    राजन सिंह भण्डारी    ७३०४५००
१७    कमर्ज एन्ड ट्रस्ट     अनलकुमार भट्टराई    ६५६२०००
१८    जनता बैंक    विजय पन्त    ४४५००००

प्रतिक्रिया