नेप्सेमा झिनो सुधार


काठमाडौँ, ११ चैत । नेप्से परिसूचकमा झिनो सुधार देखिएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शून्य दशमलव ४९ अङ्कले वृद्धि भई अन्तिम दिन तीन सय तीन दशमलव ७० अङ्कमा पुगेपछि नेप्सेमा झिनो सुधार देखिएको हो ।
गत साता नेपाल स्टक एक्सचेन्जमा एक सय १९ कम्पनीको कारोबार भएको छ । यसमा चार हजार नौ सय ८० कारोबारबाट आठ करोड १० ल्ख २८ हजार रुपियाँ बराबरका तीन लाख ७७ हजार ९० कित्ता सेयर खरिदबिक्री भएका छन् । गत साता एक सय २० कम्पनीका कारोबार भएका थिए । जसमा चार हजार चार सय ९४ कारोबारबाट २० करोड ३५ ल्ख १८ हजार रुपियाँ बराबरका ६ लाख २५ हजार दुई
सय १४ कित्ता सेयर खरिदबिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ६० दशमलव १९ प्रतिशतले ह्रास आएको छ ।  कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्रै पाँच करोड ५४ लाख रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ६८.४५ प्रतिशत हो ।
गत आइतबार दुई सय ५३ दशमलव ३४ अङ्क रहेको वाणिज्य बैंक समूहका सूचकाङ्क बुधबार एक दशमलव ५१ अङ्कले सुधार भई दुई सय ५४ दशमलव ८५ अङ्कमा पुगेको छ । त्यसैगरी उत्प्दनमूलक समूहको परिसूचकमा भने १० दशमलव ३८ अङ्कले सुधार भई ६ सय ५६ दशमलव १५ बाट ६ सय ६६ दशमलव ५३ अङ्क पुगेको नेप्सेले जनाएको छ । जलविद्युत् समूहको सूचकाङ्कमा भने १० दशमलव ६१ अङ्कले गिरावट आएको छ । आइतबार चार सय ९१ दशमलव शून्य दुई अङ्कले रहेको परिसूचक साताको अन्तिम दिन चार सय ८० दशमलव ४० मा झरेपछि त्यस्तो गिरावट देखिएको हो । व्यापार, बिमा र वित्ततर्फ पनि यो साता निरासाजनक अवस्था देखिएको छ ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स सातामा पहिलो दिनका तुलनामा ०.३८ अङ्कले वृद्धि भई ७५ दशमलव १९ अङ्कमा पुगेको छ । यस साता कारोबार रकमतर्फ एक करोड ५ लाख रुपियाँ तथा सेयर कित्ता ८२ हजार आठ सय ९४ कित्ताको आधारमा सानिमा बैंक र कारोबार सङ्ख्याका आधारमा भ्याली फाइनान्स अग्रस्थानमा  रहेको  पनि नेप्सेले जनाएको छ ।
साताको उत्कृष्ट कम्पनीमा सानिमा बैंक, एभरेस्ट बैंक, चिलिम हाइड्रो पावर, बंक अफ काठमाडाँ र विशाल बजार कम्पनी रहेका छन् ।  यो साता पनि संस्थागत तथा सरकारी ऋणपत्रतर्फ भने कुनै कारोबार हुन सकेन ।

प्रतिक्रिया