क्रिकेटलाई सहयोग गर्न ‘भइहाल्छ नि’


दाङ : घोराहीको गणेश चित्रालयमा शुक्रबार नेपाली चलचित्र भइहाल्छ निको च्यारिटी सो गरिएको छ । च्यारिटीबाट उठेको रकम दाङ जिल्लाको क्रिकेट विकासमा सहयोग गरिने आयोजकले जानकारी गराए । ‘दाङमा क्रिकेटको राम्रो सम्भावना देखेर यसमा आˆनातर्फबाट भरथेग गर्ने प्रयास गरेका हैां’, निर्देशक एमएस अग्रज र नायक विशाल पोखरेलले एकै स्वरमा भने ।
चलचित्रका अन्य कलाकारमा गरिमा पन्त, सुनिल थापा, सुमन सिंह, सोनिया केसीलगायत छन् । दिनेश अधिकारी र आरके पाण्डेको लगानी रहेको चलचित्रमा लोकराज अधिकारीको गीत, यादव योगी र गोविन्द मधुरको सङ्गीत रहेको छ ।

प्रतिक्रिया