सदभावनाको कार्यालय पोखरामा

पोखरा, ११ चैत । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले आज आफ्नो कार्यालय पोखराको न्यूरोडमा खोलेको छ ।

स्वास्थ्य मन्त्री समेत रहेका अध्यक्ष महतो आफ्नो पार्टीलाई क्षेत्रीय पार्टीबाट राष्ट्रिय पार्टी बनाउन लागेको बताएका छन् । तराई पहाडदेखि हिमालसम्म पार्टीलाई बिस्तार गर्ने क्रममा महतो पोखरामा छन् ।

उनले बिधिवत रुपमा आजै पोखराको न्यूरोडस्थित सदभावना पार्टीको कार्यालय उद्घाटन गरेका छन् ।

आफ्नो भाषणमा पोखरेलीलाई उत्तेजित पारेका स्वास्थ्य मन्त्री महतोले सिंहदरबार पोखरामा सार्ने कुरा गरेका छन् । उनले माओवादी, एमाले र कांग्रेसले ठूलो दल भएकोले दादागिरी देखाएको आरोप लगाएका छन् ।

सद्भावनाको पार्टी कार्यालय उद्घाटनका क्रममा बाटो छेकेर मञ्च बनाईएको थियो । मधेसको मात्रै वकालत गर्ने महतोले आज हिमाल, पहाड र तराईलाई मिलाएर जनभावनाको कदर सहित लाग्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया