द.कोरियामा नेपाली श्रमिकद्वारा आत्महत्या

सिओल, कोरिया । दक्षिण कोरियामा शुक्रवार एक नेपाली श्रमिकले आत्महत्या गरेका छन् ।

गुल्मीको सदरमुकाम ताम्घासका २६ बर्षीय पदम पन्तले ईन्छनस्थित आफू बस्दै आएको घरको शौचालयमा झुन्डिएर आत्माहत्या गरेका हुन् ।

१३ महिना अघि ईपिएस मार्फत कोरिया पुगेका पन्त ईन्छनमा रहेको फुंजन कम्पनीमा कार्यरत थिए । उनले आत्माहत्या गर्नु अगाडि सुसाईट नोट समेत लेख्न भ्याएका छन् । उनले पत्रमा आत्महत्या कारण अरु कसैप्रति दोषारोपण नगरेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

पत्रमा उनले बैंकमा रहेको ४६ लाख ‘वन’ आफनो परिवारलाई पाठाईदिन अनुरोध गर्दै बैंकको पासवर्ड पत्रमा छोडेका थिए । उनले साथिभाइहरुको ब्यवहारबाट आफ्नो मन दुःखेको सुसाइट नोटमा उल्लेख ।

कार्यवाहक राजदूत राजाराम बर्तौलाका अनुसार दूतावासले मृत्तकका घरपरिवारसँग सम्पर्क गरिएको भन्दै शव नेपाल पठाउने तयारीमा रहेको बताए । पन्तको शव मंगलवार सम्ममा नेपाल पठाईने छ ।

प्रहरी प्रतिवेदमा पन्तको मृत्यु अन्य कारणले नभई आत्महत्या नै भएकोले पोष्ट मार्टम गरिरहनु नपर्ने उल्लेख छ । दूतावास स्थापना भएपछि ३६ जना नेपालीको कोरियाका कम्पनीहरुमा दुर्घटना, आत्महत्या तथा अन्य कारणले मृत्यु भइसकेका छन् ।

मृत्तकका परिवार तथा आफन्तहरुले पटक पटक पोष्टमार्टम गर्न माग गरेपनि दूतावासले प्रहरी प्रतिवेदनलाई आधार मानेर पीडितकाको गुनासोको बेवास्ता गर्दै आएको छ ।

प्रतिक्रिया