सडकका ‘डन’ साँढे

काठमाडौ, १० चैत । साढे आफैमा अटेरी जात । यसलाई ट्राफिक नियम लाग्दैन । बीच सडकमा थचक्क बस्छ । बाटो छेकिएर मोटरसाइकल, एम्बुलेन्स, कार, ट्याक्सी, मिनीबस, बस, माइक्रोबसले ट्यार्र–टुर्र हर्न बजाउछन् । ट्राफिकले सिठी फुक्छ । तर, उसले टेरपुच्छर लाउदैन ।
बल्लतल्ल ट्राफिक प्रहरी, काठमाडौ महानगरपालिकाका कर्मचारी र सवारीचालक मिलेर साइड लगाउछन् । तर, क्षणभरमै फर्किन्छ र उही पारा गर्छ । रातभर र बिहान आहारा खोज्न अन्त जान्छ, दिउसो सडकमा निस्किन्छ । कहिले सडक वारपार गर्छ, कहिले उघ्राउछ, कहिले सुत्छ । दिसा–पिसाब लागे सडकमै गर्छ । मानौ ऊ सडकको ‘डन’ हो ।
साढेको बथान काठमाडौको रिङरोडका गौशाला, एयरपोर्ट, कोटेश्वर, कलङ्की, चाबहिल र बल्खुमा जतासुकै डुलिरहेको भेटिन्छ । भित्री सडक कालीमाटी, टङ्केश्वर, शङ्खमूल, बानेश्वर, तीनकुने, रामशाह पथ, थापाथलीलगायत क्षेत्रका सडकमा बसेर उघ्राएको वा हिडिरहेको पनि देख्न पाइन्छ ।
सडकमा देखिनासाथ उठाएर ट्रकमा लोड गरी यस्ता छाडा पशुलाई उपत्यका कटाउदै आएको महानगरपालिका हैरान बनिसकेको छ । ‘जतिपटक ट्रकमा राखेर उपत्यका कटाए पनि दुई चार दिनमा फेरि उत्तिकै थुप्रिन्छन्,’ महानगरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले शुक्रबार सौर्यसग भने, ‘महानगरले मात्रै छाडा पशुको व्यवस्थापन गर्न चाहेर के गर्नु ? दूधका लागि गाई पाल्ने काठ क्षेत्रका बासिन्दा बाच्छा र साढे छाडिरहन्छन् ।’
उनले तीव्र गतिमा गाडी गुड्ने सडकमा दुई चार दिन बिराएर छाडा पशु सवारीसाधनको ठक्करबाट मर्ने गरेको बताए । पछिल्लोपटक गत साता महानगरपालिकाले एक ट्रक छाडा पशु काभ्रे लगेर छाडेको थियो । यसरी लैजादा ठूलो ट्रकमा २० वटासम्म पशु राखेर लैजाने गरिएको छ । काठमाडौसहित भक्तपुर, ललितपुर, कीर्तिपुरलगायत आसपासका काठ क्षेत्रमा पालिएका गाईबाट जन्मिएका बाच्छा कुनै काममा प्रयोग नहुने भएपछि पशुधनीले यत्तिकै छाड्ने गर्छन् । पछि तिनै सडकमा देखिने हु“दा तिनीहरू सडकको स्थायी समस्या बन्दै गएका छन् । उपत्यकामा गोरु जोत्ने प्रचलन नभएका कारण बाच्छा र सा“ढेको कुनै उपयोग नहुदा छाडा छाड्ने प्रचलन बढ्दै गएको हो । सडकमा थुप्रिने छाडा पशुमा एक दुईवटा दूध दिन छाडिसकेका बूढा गाई तथा बा“की सबै सा“ढे र बाच्छा हुन्छन् ।
महानगरपालिकाका अनुसार कतिपय पशुधनीले गाईको बाच्छो फर्केर घर नआओस् भनेर सकेसम्म सानोमै नसके ठूलो भएपछि आखामा कालो प्लास्टिक लगाइदिएर सडकछेउ ल्याएर फन्फनी घुमाई निर्दयी तवरले छाड्ने गरेका छन् । तर, सडकका छाडा चौपाया समातेर लिलामी गर्ने, उपत्यकाबाहिर राख्ने र छाडा छाड्ने पशुधनीलाई सामान्य जरिवाना गर्नेबाहेक अरू कुनै किसिमको कारबाही गर्ने व्यवस्था महानगरपालिकासग छैन ।
महानगरपालिकाले केही वर्ष अघिसम्म स्थानीय स्वायत्त शासन ऐन ०५५ अनुसार छाडा पशु पक्राउ गरी लिलामी गर्ने गथ्र्यो । तर, यसो गर्दा गाई–गोरु तराई हुदै भारत पुगेर अरू प्रयोजनमा लगाइने देखिएपछि लिलामीको सट्टा उपत्यका कटाउने गर्दै आएको महानगरपालिकाले जनाएको छ । उपत्यका कटाएका छाडा पशु आसपासका बस्तीभन्दा टाढा खुला ठाउ र वन, जङ्गलमा लगेर छाड्ने गरिन्छ ।
उपत्यकाभित्र अन्य नगरपालिका र गाउ विकास समिति भए पनि काठमाडौ महानगरपालिकाले मात्रै छाडा पशुको व्यवस्थापन गर्नुपरेकाले सडकमा बाह्रैमासजसो पशु देखिइरहने गरेका छन् । ‘काठमाडौ बाहेक ललितपुर, भक्तपुर, कीर्तिपुरलगायत नगरपालिका र गाविसबाट पशु छाडिन्छ तर व्यवस्थापन हामीले मात्रै गर्नुपरेको छ,’ कार्यान्वयन महाशाखा प्रमुख सापकोटाले भने, ‘त्यसैले जति पशु उपत्यका कटाए पनि फर्कंदा नफर्कंदै सडकमा उत्तिकै भइसक्छन् ।’ उनले सबै नगरपालिका र गाविस मिलेर व्यवस्थापन नगर्दासम्म समस्या रहिरहने बताए ।
छाडा पशुले ठूलो दुर्घटना नगराए पनि सडकमा जुनसुकै बेला देखिदा ट्राफिक व्यवस्थापनमा असर पर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता योगेश्वर रोङखामीले बताए । ‘ठूलै दुर्घटना ननिम्त्याए पनि सधै जसो छाडा पशु बीच सडकमा बस्दा र ओहोरदोहोर गर्दा सवारी आवागमनमा समस्या आउने गरेको छ,’ उनले सौर्यसग भने, ‘सडकमा छाडा पशु देखिनासाथ महानगरपालिकालाई खबर गरेर बुझाउने गरेका छौ ।’

प्रतिक्रिया