चमेलिया सुरुङ निर्माण अन्तिम चरणमा

शिखर (दार्चुला), ९ चैत । सुदूरपश्चिमको एकमात्र निर्माणाधीन दार्चुला जिल्लाको चमेलिया जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । सात किलोमिटर लामो सुरुङमध्ये ७३.५ मिटर सुरुङमात्र निर्माण गर्न बा“की रहेको आयोजना प्रमुख गोपालबाबु भट्टराईले जानकारी दिए । ‘सुरुङको निर्माण अन्तिम चरणमा पुगेको छ, कमजोर भौगोलिक अवस्थाका कारणले केही समस्या परेकाले ढिलाइ भयो ।’–उनले भने ।
सन् २००७ देखि सुरु भएको निर्माण फेब्रुअरी महिनाभित्र सिध्याउने लक्ष्य राखिएको थियो तर पुरा हुन सकेको छैन । ‘आगामी मे महिनाभित्र सुरुङ निर्माण सिध्याउने लक्ष्यका साथ काम अगाडि बढाइएको छ ।’आयोजनाका इन्जिनियर सूर्य पौडेलले भने । उनका अनुसार, चट्टानको कारणले माथिबाट खस्ने, दाया“बाया“ भासिने लगायतका कारणले सुरुङ निर्माणमा ढिलाइ भएको हो । सुरुङ निर्माणको क्रममा पानी थेग्राउने मेसिनको सुरुङमा भने एक सय पा“च मिटर लम्बाइ, ३२ मिटर उचाइ र १२ मिटर चौडाइ छ भने अन्य सुरुङको गोलाइ ५.४ मिटर छ । सुरुङ निर्माणका लागि दैनिक चार सय ५०  मजदुर सक्रिय छन् । कमजोर भौगोलिक कारणले दैनिक एक मिटरमात्र सुरुङ खन्न सकिएको आयोजनाले जनाएको छ ।
दक्षिण कोरियाको सहयोगमा बनेको सो कार्यमा नेपालकै साहसिल्ड आइकन जेभीले परामर्शदाताको काम गरिरहेको छ । सरकारले समयमै भुक्तानी दिन नसक्दा समस्या भएकाले समयमै भुक्तानी दिएर छिटोभन्दा छिटो सुरुङ निर्माण पुरा गर्नुपर्ने नेपाल विद्युत् प्राधिकरण सञ्चालक सदस्य मोहनराज पन्त बताउ“छन् । मुख्य त सुरुङ निर्माणको काम पूरा गर्न सरकारले समयमै भुक्तानी दिनेतिर केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । चमेलिया जलविद्युत् आयोजनामा पुगेका ऊर्जा राज्यमन्त्री सूर्यमान दोङले बाधाअड्चन फुकाउनका लागि सरकारले पहल गर्ने बताए । ‘जति सके छिटो जलविद्युत् आयोजना पुरा गर्नुपर्ने अवस्था छ, अहिले सुरुङको कार्य भटाभट भइरहेको बेला रोक्नु हु“दैन, भुक्तानी लगायतका बाधाअड्चन भएमा फुकाउनका लागि ऊर्जा मन्त्रालय सक्रिय हुन्छ ।’–उनले भने ।

प्रतिक्रिया