साथीको बिहेमा पि्रङ्काको पार्टी

मुम्बईः बलिउडकी बिन्दास अभिनेत्री पि्रयङ्का चोपडाका थुप्रै प्रेमप्रसङ्ग सार्वजनिक भइसके । तर, पनि बिहे कहिले गर्ने भन्ने प्रश्नमा उनको उत्तर एउटै हुने गर्छ- ‘मन मिल्ने केटा नै पाएकी छैन, जब पाउँछु तब बिहे गर्छु ।’
सबैलाई उत्तर दिँदादिँदा हैरान भएकी उनले अब बिहे नगरे पनि बिहेको पार्टी भने दिने भएकी छन् । आपनी मिल्ने साथी तमन्ना शर्माको बिहेका उपलक्ष्यमा पार्टी भने उनले दिने भएकी हुन् । ‘हाम्रो १२ वर्ष पुरानो मित्रतालाई अझै गाढा बनाउन उनको बिहेमा मैले पार्टी दिने भएकी हुँ,’ उनले एजेन्सीलाई बताइन्, ‘विवाहका लागि सबैले आआफ्नो समय कुर्नुपर्छ ।’ यतिखेर पि्रयङ्का कुणाल कोहलीको चलचित्र तेरी मेरी कहानीको प्रदर्शन कुरिरहेकी छन् । यसमा उनीसहित साहिद कपुर मुख्य भूमिकामा छन् । यस अलावा उनी बर्फी र क्रिस-२ मा पनि काम गर्दै छिन् ।

प्रतिक्रिया