उमाका तिर्सनाका छाल बजारमा

काठमाडौः गीतकार उमा सुवेदीद्वारा लिखित गीतको सङ्ग्रह ‘तिर्सनाका छालहरू’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहीबार आयोजित कार्यक्रमबीच गीतकार डा. कृष्णहरि बरालले पुस्तकको लोकार्पण गरे । कार्यक्रममा गीतकार सुवेदीले आप\mना गीत गुनगुनाउँदा उपस्थित अतिथिले उनको गायनको पनि प्रशंसा गरे । प्रमुख अतिथि बरालले गीतकारलाई भन्दा गायकलाई बढी चिन्ने भएकाले शब्दसिर्जनासहित गायनतर्फ पनि सोच्न उनलाई प्रेरित गरे ।
समालोचक नेत्र एटमले दुई विपरीत शक्तिलाई संयोजन गर्नु साहित्यको खुबी रहेको चर्चा गर्दै उमाका सङ्ग्रहमा पनि त्यो शक्ति रहेको चर्चा गरे । सङ्ग्रहमा ९४ वटा गीत समावेश छन् । सुवेदीको यसअगाडि गजलसङ्ग्रह पनि सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया