अरूलाई विदेश नजानू भन्दै झलनाथ भारततिर

काठमाडौ, ९ चैत । पार्टीको संसदीय दलले राजधानी नछाड्न नेता र सभासद्लाई ह्विप लगाएको भोलिपल्टै एमाले अध्यक्ष झलनाथ खनाल बिहीबार दिल्लीतिर लागेका छन् । ह्विप जारी गर्ने दलका मुख्य सचेतक भीम आचार्य खनाललाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

एयर इन्डियाको विमानबाट बिहीबार बिहान १० बजे खनाल भारत प्रस्थान गरेका हुन् । भारतमा उनी जोधपुर युनिभर्सिटीको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ । यद्यपि, खनालले आफू नियमित स्वास्थ्योपचारका क्रममा एक साताका लागि भारत जान लागेको बताए ।
शान्तिप्रक्रिया र संविधान निर्माण संवेदनशील अवस्थामा रहेकाले नेतालाई देश नछाड्न केही दिनअघि दलको बैठकमा सभासद्ले सुझाएपछि अन्य नेताको विदेश भ्रमण रद्द भएको थियो । बुधबारमात्र दलका तर्फबाट आचार्यले उपत्यकाबाहिर रहेका सभासद्लाई १२ चैतभित्र फर्किन र १४ जेठसम्म बिनाअनुमति बाहिर नजान ह्विप जारी गरेका थिए ।
स्वास्थ्य परीक्षणका लागि नगई नहुने अवस्था आएकाले स्थायी समिति, दल, सभामुख र प्रधानमन्त्रीसग समेत कुरा राखेर भारत गएको खनालले पत्रकारसग बताए । आचार्यले पनि खनालले आºनो स्वास्थ्य समस्या राखेपछि उपचारका लागि भारत जान अनुमति दिइएको बताए ।
‘राष्ट्रिय प्रतिनिधि परिषद् बैठकअघि नै उपचारका लागि दिल्ली जानुपर्ने सल्लाह थियो तर व्यस्तताले जान सक्नुभएन,’ खनालका प्रमुख स्वकीय सचिव निर्मल भट्टराईले सौर्यसग भने, ‘संसदीय दलले महŒवपूर्ण राजनीतिक काम छाडेर नजानू भनेको हो, बिरामी हुदा उपचारै नगर्नु भनेको होइन ।’ खनालले दिल्लीस्थित एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने बताइएको छ । स्वास्थ्य परीक्षणको रिपोर्ट आउन कम्तीमा ७२ घन्टा लाग्ने भएकाले त्यसबीच जोधपुर युनिभर्सिटीको दीक्षान्त समारोहमा सहभागी हुने भट्टराईको भनाइ छ ।
दलहरूबीच हुने वार्ता र सहमतिमा कुनै असर नपर्नेगरी खनाललाई पठाएको एमालेले जनाएको छ । स्थायी समितिको बुधबारको बैठकले खनालको भारत भ्रमणलाई केन्द्रमा राखेर वार्ता र सहमतिको काम संयोजन गर्न वरिष्ठ नेता माधव नेपाललाई जिम्मेवारी दिएको सचिव युवराज ज्ञवालीले बताए । आचार्यले पनि वार्ता र सहमतिमा असर नपर्नेगरी खनाललाई स्वास्थ्योपचारमा पठाएको दाबी गरे । ‘आºनो स्वास्थ्यको संवेदनशीलताका विषयमा कुरा राख्नुभयो,’ उनले भने, ‘अन्य दलसगको वार्ता र सहमतिका लागि माधव नेपाललाई जिम्मा दिइएको छ, यसले वार्ता र सहमतिमा असर पर्दैन ।’
स्वास्थ्योपचार र जोधपुर युनिभर्सिटीको दीक्षान्त समारोहबाहेक अरू कुनै राजनीतिक भेटघाटको कार्यक्रम नभएको भट्टराईले बताए । भट्टराईले भने, ‘उहा (खनाल) भारतमै रहेका बेला कोही नेताले भेट्न चाहे बर्जित भने छैन ।’ श्रीमती रविलक्ष्मी चित्रकार र छोरा निर्भिक पनि खनालसगै गएका छन् ।

‘भारतै गएर उपचार गराउनुपर्ने बिमारी थिएन’

चिकित्सकका अनुसार एमाले अध्यक्ष खनालको पिसाबसम्बन्धी र प्रोस्टेट ब्लाडरमा समस्या रहेको छ । उनको मिर्गौलामा सानो पत्थरी पनि देखिएको चिकित्सकले बताएका छन् । पिसाबसम्बन्धी जस्तोसुकै समस्याको पनि नेपालमा उपचार हुन्छ । यसका साथै प्रोस्टेट ब्लाडर र पत्थरीको पनि नेपालका अधिकांश अस्पतालमा उपचार उपलब्ध छ ।
खनालको रोगको अवस्था हेर्दा भारतमै जानुपर्ने जरुरी नरहेको चिकित्सकले जनाएका छन् । मुटुको पहिले नै एन्जियोप्लास्टी गरेकाले तत्कालै मुटुमा आकस्मिक उपचारका लागि जानुपर्ने अवस्था पनि नरहेको गङ्गालाल अस्पतालका एक चिकित्सकले सौर्यलाई बताए ।
खनालले ललितपुरको किष्ट अस्पताल, गङ्गालाल हृदयरोग केन्द्र र हेल्पिङ्ह्यान्ड अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गर्दै आएका थिए । चिकित्सकले शरीरको कुनै अङ्ग नकाटी अपरेसन गर्नुपर्ने हुन सक्ने भएकाले भारत जान सल्लाह दिएको उनीनिकट स्रोतको दाबी छ ।

प्रतिक्रिया