राजधानीले मनायो घोडे जात्रा (फोटो फिचर)

काठमाडौं, ९ चैत । काठमाडौंमा मनाईने परम्परागत घोडे जात्रा आज मनाईएको छ । घोडे जात्राका अवसरमा नेपाली सेनाले टुडिखेलमा अश्वकला प्रदर्शन गरेको छ ।

सेनाको अश्वकलाको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, सभासद, सर्वसाधारणलगायतले अवलोकन गरेका थिए ।

सेनाले हरेक बर्ष आजका दिन टुडिखेलमा अश्वकला प्रदर्शन गर्ने गर्छ । घोडे जात्राका अवसरमा राजधानीमा सार्वजनिक बिदा समेत दिईएको छ ।

गुरुमापा राक्षसले बालकालिकालाई खाने गरेपछि सहरबासीले उसलाई घोडाको टापले कुल्चेर मारेको किम्वदन्ति अनुसार यो जात्रा मनाउने परम्परारहि आएको छ ।

घोडे जात्राका अबसरमा टुडिखेलमा आयोजित अश्वकलाका झलक । सौर्य सहकर्मी देबकी विष्टले लिएका तस्बिर ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया