‘अध्यक्ष खनाल भारत प्रस्थान’

काठमाडौं, ९ चैत । शान्ति प्रकृया र संविधान निमार्णमा महत्वपूर्ण भूमिका रहेका शीर्ष नेताहरुको विदेश भ्रमणलाई लिएर चर्को आलोचना भईरहदा एमाले अध्यक्ष झलनाथ खनाल भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

सात दिने भ्रमणका लागि खनाल आज विहान नयाँ दिल्ली प्रस्थान गरेका हुन् । एमाले संसदीय दलले सभासद् र पार्टीका शीर्ष नेताहरुलाई जेठ १४ सम्म बिदेश भ्रमणमा रोक लगाएको थियो ।

आफ्नो भारत भ्रमणलाई लिएर संविधानसभा अध्यक्ष, प्रधानमन्त्री, प्रमुख दलका शीर्ष नेता र पार्टीमा समेत छलफल गरेको खनालले जानकारी दिए ।

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष खनालले आफू नियमित स्वास्थ्य जाँचका लागि दिल्ली जान लागेको बताए ।

यद्यपी उनले आफ्नो स्वास्थ्य समस्याबारे केही जानकारी गराएनन् । अध्यक्ष खनालले भने, ‘सम्पूर्ण शारीरको परिक्षणका लागि दिल्ली जान लागेको हुँ ।’

खनालले दिल्लीमा आफ्नो कुनै राजनीतिक भेटघाटका कार्यक्रम नभएको पनि स्पष्ट पारेका छन् । जोधपुर विश्व विद्यालयको दिक्षान्त समारोहमा भने खनालले प्रमुख अतिथिको रुपमा सहभागिता जनाउने छन् ।

प्रतिक्रिया