तीन सङ्घ विघटनको तयारी

काठमाडौं, ८ चैत । खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा बिदामा बसेकै समयमा तीन खेलकुद सङ्घ विघटनको तयारी अन्तिम चरणमा पुगेको छ । यसरी विघटनको अवस्थामा रहेका सङ्घमा नेपाल बक्सिङ सङ्घ, नेपाल टेबलटेनिस सङ्घ र नेपाल बुद्धिचाल सङ्घ रहेका छन् । स्रोतअनुसार, युवा तथा खेलकुदमन्त्री तथा परिषद्का अध्यक्ष कमला रोकाले तीन सङ्घ पुनर्गठनको तयारी गरिरहेकी छन् ।

नया सङ्घका अन्य ढाचा तयार भए पनि अध्यक्षकै बारे बुधबारसम्म अन्तिम टुङ्गो लागिनसकेको परिषद्निकट स्रोतले बताएको छ । बक्सिङमा पूर्वअध्यक्ष रविराज थापा र विवादित निर्वाचनबाट चुनिएको भनिएका अध्यक्ष राजीव श्रेष्ठ दुवैलाई अलग्याउदै अर्को सङ्घ बनाउने तयारी भएको छ ।
निर्वाचनको प्रक्रिया सुरु भइसकेपछि निर्वाचन स्थगित भएको टेबलटेनिस सङ्घमा चतुरानन्द वैद्य र अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका ललितपुर जिल्ला टेबलटेनिस सङ्घका अध्यक्ष सुदिल शाहीबीच सहमतिको प्रयास जारी छ । वैद्य र शाहीबीच सहमति भए मुख्य प्रशिक्षक तथा अध्यक्षको उम्मेदवारीको तयारी गरेका बृजेन्द्र हमालसहित सुशील पौडेल र शङ्कर गौतमको भूमिका कमजोर हुने लख काटिएको छ । नेपालमा प्रभावकारी रहेका यी तीनै प्रशिक्षक कमजोर भए टेबलटेनिसको भविष्य कता मोडिने भन्ने आशङ्का पनि बढ्न थालेको छ । टेबलटेनिस सङ्घमा हमालको प्यानलबाट उपाध्यक्षको उम्मेदवारी दिने तयारी गरेका चतुरानन्द वैद्यको अध्यक्षताले नै निरन्तरता पाउने चर्चा चलेको छ ।
त्यसैगरी, नेपाल बुद्धिचाल सङ्घको साधारणसभाको तयारीका लागि बिहीबार सङ्घको बोर्डबैठक बस्ने भए पनि असन्तुष्ट पक्षले सङ्घ पुनर्गठनको प्रयास जारी राखेको छ । असन्तुष्ट पक्षले बुधबार मात्र वर्तमान अध्यक्ष राजेशहरी जोशीकै अध्यक्षतामा तदर्थ समिति गठन गर्ने प्रस्ताव राखे पनि जोशीले यसलाई अस्वीकार गरिसकेका छन् । नया सङ्घको विस्तृत स्वरूप तयार नभए पनि काठमाडांै, कैलाली, कञ्चनपुर, मोरङ, रूपन्देही, धनुषा र इलामको प्रतिनिधित्व हुने लगभग निश्चित रहेको स्रोत जनाउ“छ । तराईका केही जिल्ला र पहाडी जिल्लाको महत्वपूर्ण उपस्थिति नया“ सङ्घमा हुने अनुमान गरिएको छ । मखन बुद्धिचाल क्लब विघटनको पक्षमा रहेको छ भने अन्य चेस क्लबलाई नया“ सङ्घमा समावेश गर्ने प्रयास जारी छ ।
तीनजनालाई केन्द्रीय सङ्घमा गरेको मनोनयन, प्राविधिक कमिटीको गठन र साधारणसभामा उपस्थितिलगायत तेह्रथुम र तनहु“को जिल्ला सङ्घलाई मान्यताको विषयमा पछिल्लो बैठकमा विवाद बढेपछि एउटा पक्षले विघटनको प्रयास अगाडि बढाएको थियो ।
नेपाल भलिबल सङ्घलाई भने निर्वाचन गर्न परिषद्ले निर्देशन दिइसकेको छ । परिषद्को निर्देशनअघि उपाध्यक्ष गजेन्द्र ताम्ली पक्षले निर्वाचनको आवाज उठाउ“दै आएको थियो भने अध्यक्ष गङ्गा थापा पक्षधरले निर्वाचन सारेको थियो । २६ माघमा भलिबल सङ्घको पदावधि पूरा भए पनि थापाले राष्ट्रिय खेलकुदको बहानामा चैतमा साधारणसभा गर्न आह्वान गरेका थिए ।
२६ चैतमा हुने भनिएको भलिबल सङ्घको निर्वाचन पनि प्रतिनिधि चयनको सवालमा विवादित बन्ने सम्भावना प्रबल देखिन्छ । ‘थुप्रै जिल्लामा दोहोरो भलिबल सङ्घ रहेका छन् । यसले विवाद निम्तिने प्रस्ट छ ।’ भलिबल सङ्घका एक सदस्य बताउ“छन् ।
मङ्गलबार मात्र नेपालगन्जमा बसेको मध्यपश्चिमाञ्चल भलिबल सङ्घको बैठकले पनि विवादको रूप लिएको छ । पा“चजनाको उपस्थितिमा बसेको बैठकमै केन्द्रीय प्रतिनिधि चयन हुनुपर्ने अडान क्षेत्रीय सङ्घका अध्यक्ष देवेन्द्र वैरागीले राखेपछि बैठकमा विवाद भएर विनानिष्कर्ष टुङ्गिएको थियो ।

प्रतिक्रिया