आउन नमिल्ने गरी पठाइएको निम्तो

बान कि–मुन अन्ततः नेपाल भ्रमण स्थगन गर्न बाध्य भए । बाहिर बेस्कन हल्लाखल्ला गर्ने तर भित्री नियतचाहि आङ्खनो नितान्त व्यक्तिगत स्वार्थ र झूठलाई मान्यता दिलाउने एमाओवादीको कुत्सित मनसायका कारण यो भ्रमण रद्द हुन गयो ।
सबैलाई थाहा भएको कुरा हो कि दोस्रो विश्वयुद्धको विभीषिकाबाट आक्रान्त विश्वसमुदायले संयुक्त राष्ट्रसङ्घको गठन गरेको हो । संयुक्त राष्ट्रसङ्घको विधान, घोषणापत्र र आचारसंहिताले कही कतै कुनै पनि बहानामा हिंसाको पक्षधरता जनाउन दि“दैन ।
एमाओवादीले लुम्बिनी विकासका लागि भनेर पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय निर्देशक समिति बनायो । त्यसलाई देशभित्रको सिमानामा राखेको भए त ठीकै थियो । तर, त्यो गरिमामय दर्जालाई  दाहालले आङ्खनो झूठलाई संयुक्त राष्ट्रसङ्घको अनुमोदन लिने भ¥याङ बनाउन खोजेपछि सारा कुरा चौपट भएको हो ।
अनेकन शान्ति–सम्झौता गर्ने तर पार्टीभित्र हिंसालाई नै अन्तिम लक्ष्य ठान्ने, सार्वजनिकरूपमा हिंसा परित्याग नगरेको मात्र होइन
कि फेरि हिंसा गर्छौं भनी भाषण गर्ने अनि हिंसाविरुद्ध स्थापना
भएको विश्वसंस्थाका प्रमुखलाई आङ्खनो निम्तामा बोलाएको भन्दै जनताको हिंसाबाट मुक्त हुने चाहना र अभिमतउपर धावा बोल्ने जुन षड्यन्त्र रचियो त्यसको प्रतिफल हो कि बान कि–मुन नेपाल आउन नसक्ने हुनुभयो ।
मैले सार्वजनिकरूपमा अपिल गरेको थिए, दाहालजी एक्काइसौ शताब्दीको सम्राट् अशोक बन्नुहोस्, यो मौकाको सदुपयोग गर्नुहोस् भनेर, महासचिवको भ्रमणको पूर्वसन्ध्यामा उहाले हिंसा परित्याग गरेको औपचारिक र सार्वजनिक घोषणा गर्न सक्नुहुन्थ्यो । अरूलाई पनि हिंसालु विगतप्रति पश्चाताप गर्न आग्रह गर्न सक्नुहुन्थ्यो । नेपालमा शान्तिको वास्तविक बीजारोपण गर्ने ऐतिहासिक अवसर सिर्जना गर्न सक्नुहुन्थ्यो । नेपाल सरकारका तर्फबाट बान कि–मुनलाई सुरुमै निम्तो गर्नुपथ्र्यो । उत्ताउलिएर दाहाल अमेरिका जानुभन्दा पहिले निम्ताप्रति अनुकूल प्रतिक्रिया हासिल गर्न आङ्खनो दूतावास परिचालन गर्नुपथ्र्यो । तर, दाहालजीलाई सबभन्दा ठालु भएकाले सबै कुरा गर्ने मै हु भन्ने सन्देश नछरी भएन । नेपालले सरकारी निम्ता ढिलो गरी मात्र पठाएको सबैलाई थाहै छ ।
बानले भ्रमण स्थगन गर्नुपर्ने विविध कारण छन् । नेपालको शान्तिप्रक्रिया उनको फिर्तीपछि धरापमा पर्‍यो भने उनको असफलता हुन सक्थ्यो । हिंसालाई प्रमुख उपायका रूपमा सैद्धान्तिक र कार्यनीतिक औजार मानिआएकासग कुम जोडेको आरोप लागेमा उनका लागि असैह्य वेदनादायी हुन सक्थ्यो ।
हिंसा र विकाससगै जान सक्दैन । त्यसो हुन्थ्यो भने जनयुद्धकालमा नेपालको धुमधाम विकास हुनुपथ्र्यो । अहिले केही व्यक्ति हामीलाई तिब्बती शरणार्थीसग मिलेर बानको भ्रमण रोक्न लागिपरेको फतुर पनि लगाउदै छन् । कुनै आधारबिना, मनगढन्ते हल्ला मच्चाउनेको यो रोदन समयले नाङ्गेझार पार्नेछ ।

प्रतिक्रिया