रावललाई पोलिटब्युरोमा लैजान प्रस्ताव

काठमाडौ, ८ चैत । नेकपा (एमाले) स्थायी समितिले केन्द्रीय सदस्य भीम रावललाई पोलिटब्युरो सदस्यमा मनोनयन गर्ने प्रस्ताव गरेको छ । बल्खुस्थित पार्टी मुख्यालयमा बुधबार बसेको स्थायी समिति बैठकले रावललाई पोलिटब्युरोमा लैजाने प्रस्ताव केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय
गरेको हो ।
पोलिटब्युरो सदस्य रवीन्द्र श्रेष्ठ अनुशासनको कारबाहीमा परेपछि रिक्त स्थानमा रावललाई लैजान स्थायी समितिले प्रस्ताव तयार गरेको हो । पोलिटब्युरोको निर्वाचन हु“दा रावलले केन्द्रीय सदस्यको शपथ नलिएका कारण उनी उम्मेदवार बन्न सकेका थिएनन् । बुटवलमा तीन वर्षअघि भएको महाधिवेशनमा उपाध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित रावल माओवादी लडाकु रेखदेख, समायोजन तथा पुनःस्थापनासम्बन्धी विशेष समितिमा सदस्य छन् ।
बैठकले राज्य पुनःसंरचनाका विषयमा पार्टीको स्पष्ट धारणा तय गर्न वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मेवारी तोकेको छ । ‘राज्य पुनःसंरचनाबारे स्पष्ट धारणा बनाउन वरिष्ठ नेता माधवकुमार नेपाललाई संयोजन गर्ने जिम्मेवारी तोकिएको छ,’ उपाध्यक्ष विद्या भण्डारीले सौर्यस“ग भनिन््, ‘जातीय अग्राधिकारसहितको राज्य हुन नहुने पहिलेकै धारणाका आधारमा संयोजन गर्ने जिम्मेवारी दिइएको छ ।’
उपाध्यक्ष भण्डारीका अनुसार राज्य पुनःसंरचनाका विषयमा पार्टीमा छलफल गरी १० दिनभित्र स्पष्ट धारणा ल्याउने जिम्मेवारी नेपाललाई दिइएको छ । १० दिनपछि बस्ने स्थायी समितिकै बैठकमा नेपालले अवधारणा पेस गर्नेछन् । पहिचान र सामथ्र्यका आधारमा राज्य पुनःसंरचना गर्नुपर्ने र जातीय अग्राधिकारसहितको प्रदेश निर्माण नगर्न यसअघि नै एमाले परिषद् बैठकले नेतृत्वलाई सुझाब दिएको थियो ।
बैठकले कर्मचारी सरुवामा भ्रष्टाचार भएको र मन्त्रीहरू नै कर्मचारीमाथि अभद्र रूपमा प्रस्तुत भएको भन्दै आपत्तिसमेत जनाएको छ । ‘वर्तमान सरकारले अनियमित र अन्यायपूर्ण तरिकाले कर्मचारी सरुवा गर्ने, सरुवाका क्रममा भ्रष्टाचार गर्ने, कतिपय मन्त्रीले कर्मचारीमाथि अभद्र व्यवहार गर्ने काम गरिरहेको कुरा सार्वजनिक भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको छ,’ सचिव युवराज ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यो बैठक सरकारको यस किसिमको क्रियाकलापको भत्र्सना गर्दै अनियमित सरुवा–आतङ्क बन्द गर्न र नियमबमोजिम काम गर्न माग गर्दछ ।’
रामचन्द्र झा हटाइए
काठमाडौ, ८ चैत । पार्टीले दिएको जिम्मेवारी पूरा गर्न नसकेको तथा नैतिक आचरण ठीक नभएको भन्दै एमालेले जनकपुर अञ्चल इन्चार्ज रामचन्द्र झालाई पदमुक्त गरेको छ । बुधबार बसेको स्थायी समिति बैठकले झाको जिम्मेवारी सह–इन्चार्ज केशव देवकोटालाई दिने निर्णय गरेको छ ।
एक स्थायी समिति सदस्यका अनुसार एमालेले देशव्यापी रूपमा गरेको जनपरिचालन अभियानअन्तर्गतको निर्धारित कार्यक्रमअनुसार जनकपुरमा आमसभा आयोजना गर्न नसकेको, अञ्चल कमिटीको बैठक नै बसाउन नसकेको र नैतिक आचरण ठीक नभएको भन्दै स्थायी समितिले झालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
केहि महिनाअघि झा काठमाडौ“को एक क्याबिन रेस्टुरेन्टबाट युवतीसहित पक्राउ परेका थिए । उनलाई त्यतिखेर प्रहरीले छाडेको थियो । एमालेको पछिल्लो केन्द्रीय समितिको बैठकमा त्यसबारे चर्को विवाद भएको थियो । उनका प्रतिद्वन्द्वी रघुवीर महासेठले केन्द्रीय समितिको बैठकमै ‘रवीन्द्र श्रेष्ठलाई यस्तै विषयमा कारबाही हुन्छ भने उनलाई किन हु“दैन ?’ भन्दै चर्को आवाज उठाएका थिए । स्रोतका अनुसार अन्य १÷२ जना केन्द्रीय सदस्यले पनि झाविरुद्ध बोलेका थिए ।
त्यस्तै, एमालेले देशव्यापी रूपमा गरेको जनपरिचालन अभियानअन्तर्गत जनकपुरमा आमसभा नै गर्न नसकेको आरोप स्थायी समितिले झामाथि लगाएको छ । १३ अञ्चलमा आमसभा भए पनि आन्तरिक विवादका कारण जनकपुरमा हुन सकेको थिएन ।
लामो समयदेखि अञ्चल कमिटीको बैठक बोलाउन नसकेको आरोप पनि झामाथि लगाइएको छ । एमाले सचिव युवराज ज्ञवाली जनकपुर गए पनि विनाबैठक फर्केर आएका थिए ।

अनुमतिविना बाहिर नजान निर्देशन
यसैबीच, एमाले संसदीय दलका प्रमुख सचेतक भीम आचार्यले दलका तर्फबाट ह्विप जारी गर्दै सभासद्लाई राजधानीबाहिर नजान र बाहिर रहेकालाई फर्कन आग्रह गरेका छन् । बाहिर रहेका सभासद्लाई १२ चैतभित्र राजधानी आउन र १४ जेठसम्म दलको अनुमतिविना कतै नजान दलले ह्विप जारी गरेको हो ।
‘काठमाडौंबाहिर रहेका सभासद्लाई १२ चैतभित्र काठमाडौं आउन र १४ जेठसम्म उपत्यकाबाहिर नजान एमालेस“ग सम्बन्धित सबै सभासद्लाई ह्विप जारी गरेको जानकारी गराउदछु,’ प्रमुख सचेतक आचार्यद्वारा जारी ह्विपमा भनिएको छ ।

प्रतिक्रिया