मधेसी मोर्चामा सदस्यता खुल्ला

काठमाडौं, ८ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार बाहिर बसेका तथा मोर्चा भन्दा अलग रहेका मधेसवादी दलहरुलाई गोलबन्ध गर्ने निर्णय गरेको छ ।

मोर्चाको आज काठमाडौंमा बसेको बैठकले अन्य मधेसवादी दलहरुलाई पनि सरकारमा सहभागी गराउने निर्णय गरेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । उनले भने, ‘अन्य मधेसवादी दललाई मोर्चामा समावेश गरेर संघीय लोकतान्त्रिक संविधानका लागि संघर्ष गर्छौ ।’

मधेसी मोर्चाले उपेन्द्र यादव अध्यक्ष रहेको फोरम नेपाल, अनिलकुमार झाको नेतृत्वको संघीय सद्भावनालगायतका दललाई सदस्यता दिने निर्णयगरेको हो ।

यस अघि मधेसवादी दलका केही घटककै बिरोधका कारण मोर्चामा अन्य मधेसवादी दललाई राख्न नसकिने भन्दै बिरोध भएको थियो ।

मधेसी मोर्चाले अघिल्लो पटक बनाएको कार्यदललाई चैत १८ गतेको संयुक्त आमसभा मुल तयारी समितिका रुपमा पुर्नगठन गरेको छ ।

सभालाई व्यवस्थित बनाउन मोर्चाले बिभिन्न उपसमितिहरु समेत गठन गरेको छ । शान्ति र संविधान तथा संघीयतका लागि मधेसी मोर्चाले राजधानीमा आम सभा गर्दैछ ।

प्रतिक्रिया