कम्युनिस्ट स्मारकको बेवास्ता

सोफिया, ७ चैत । सन् १९८९ मा तात्कालीन सोभियत सङ्घको पतनपश्चात् पूर्वीयुरोपेली राष्ट्र बुल्गेरियामा कम्युनिस्ट शासनको पतन भई संसदीय प्रजातन्त्र स्थापना भएको थियो । त्यसयता बुल्गेरियामा प्रजातन्त्रको अभ्यास भइरहेको छ । तर, बुल्गेरियाको तात्कालीन सत्तारुढ दल ‘बुल्गेरियन कम्युनिस्ट पार्टी’ को मुख्यालयले त्यहा पुग्नेलाई अझै पनि कम्युनिस्ट शासनको झल्को दिलाउने गर्छ ।
बुल्गेरियाको मध्यभागमा रहेको पर्वतीय क्षेत्रमा मुख्यालय स्थापना गरेर त्यहा“को कम्युनिस्ट पार्टीले शासन सम्हाल्दै आएको थियो । प्रजातन्त्र स्थापनापश्चात् मुख्यालयको आलिसान भवनप्रति कसैले चासो देखाएन । अहिले सो भवन भग्नावशेषमा परिणत भइसकेको छ । बुल्गेरियाको सरकारले आवश्यक रकम जोहो गर्न नसक्दा कम्युनिस्ट शासनको झल्को दिने यस्ता स्मारकको मर्मतसम्भार हुन सकेको छैन । भवन मर्मत गर्न एक करोड २० लाख पाउन्ड जति लाग्छ । तर, सरकारले यति रकम पनि जुटाउन सकेको छैन । भवनका कतिपय पाटपुर्जा चोरी भइसकेका छन् ।
भवनप्रति कसैले चासो नदेखाएपछि बुल्गेरियाका प्रधानमन्त्री बोयको बोरिसोभले मुख्यालयको स्वामित्व त्यहा“को समाजवादी पार्टी बिएसपीको नाउमा पास गरिदिएका थिए । ‘उनीहरू जेका लागि गर्व गर्छन्, त्यसको हेरचाहर गर्ने जिम्मा उनीहरूलाई नै दिऊ“,’ उनले भनेका थिए । कम्युनिस्ट पार्टीको मुख्यालयको मर्मतसम्भार गरिए यसले समग्र राष्ट्रलाई फाइदा पु¥याउने बिएसपीका प्रमुख क्टारा जागोरा बताउ“छन् । ‘युरोपमा यस्तो स्मारक अन्यत्र कतै छैन । यदि यसको मर्मतसम्भार गर्न सकियो भने पश्चिम युरोपबाट
टन्नै पर्यटक भिœयाउन सकिन्छ,’
उनी भन्छन् । (डेलिमेल)

प्रतिक्रिया