चैतपछि सरकारबाट हट्ने सहमति

काठमाडौं, ७ चैत । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले चैत मसान्तपछि सरकार छाड्ने चेतावनी दिएको छ । तीन दिनसम्म चलेको पार्टीको संसदीय दलको बैठकले मङ्गलबार स्वायत्त मधेश प्रदेशसहितको नया“ संविधान आउने सुनिश्चितता नभए जस्तोसुकै कदम चाल्ने निर्णय गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा स्वायत्त मधेससहितको सङ्घीय संविधानका निम्ति कार्यकर्ता परिचालन र मधेस जागरण अभियान थाल्ने निर्णय गरिएको उल्लेख छ  । सङ्घीयता, पहिचान र समावेशी राज्य संरचनाबिनाको संविधान स्वीकार नगर्ने निर्णय पनि गरिएको  । ‘स्वायत्त मधेस प्रदेशसहितको संविधान आउने सुनिश्चितता चैत मसान्तभित्र नभए पार्टीले जस्तोसुकै कठोर कदम चाल्नेछ,’ विज्ञप्तिमँ भनिएको छ ।
दलका सचेतक ओमप्रकाश यादवले कठोर कदम भनेको सरकार छाड्ने रहेको बताए । ‘कठोर कदम भनेको सरकार छाड्ने नै हो । हामीले त्यो शब्दमात्र नराखेका हौ“,’ यादवले सौर्यस“ग भने, ‘चैत मसान्तपछि सरकार छाड्ने विषयमा सहमति भइसकेको छ ।’
‘हामी चैत मसान्तसम्म पर्खन्छौ“ । स्वायत्त मधेस प्रदेशसहितको संविधान आउने सुनिश्चतता नभए जस्तोसुकै कठोर कदम चाल्छौ“,’ बैठकपछि सञ्चारकर्मीस“ग गच्छदारले पनि भने, ‘कठोर कदमभित्र जे पनि पर्न सक्छ ।’
स्रोतका अनुसार बैठकमा असन्तुष्ट पक्षले सरकारबाट बाहिरिएर शान्ति, संविधान र मधेस मुद्दा कार्यान्वयनमा लाग्नुपर्ने बताएका थिए । पार्टी सरकारबाट नहटे नया“ टोली सरकारमा पठाउनुपर्ने माग उनीहरुको थियो । पार्टीको नेतृत्व गर्दै सरकारमा रहेका विजयकुमार गच्छदारसमेत फेरिनुपर्ने माग उनीहरुको थियो । असन्तुष्टको मागलाई सम्बोधन गर्न मध्यमार्गी बाटो अपनाउन ‘कठोर कदम चाल्ने’ भन्ने निर्णय गरिएको स्रोतको भनाइ छ । सभासद् कौशल यादव, प्रमोद गुप्ता, ओमप्रकाश यादव, रामानन्द मण्डललगायतले तत्काल सरकारबाट बाहिरिनुपर्ने बताएका थिए । दलका उपनेता शरत्सिहं भण्डारीले असन्तुष्ट सभासद्को मागलाई सम्बोधन गर्नुपर्ने बताएका थिए ।
बैठकले सेना समायोजनमा देखिएको गतिरोध अन्त्यको पहल गर्न दलका नेता  गच्छदारलाई जिम्मेवारी दिएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा मङ्गलबार आठ घन्टासम्म चलेको बैठकमा चर्काचर्की परेको थियो ।

प्रतिक्रिया