प्रहरी हवल्दार पक्राउ

काठमाडौं, ७ चैत । काठमाडौंको इचङगनारायणबाट प्रहरीले सशस्त्र प्रहरीका हवल्दार अमृत सुनारलाई लागूऔषध सहित पक्राउ गरेको छ ।

गएराति इचङगुनारायण गाविस–४ डेरा गरी बस्ने सशस्त्र प्रहरी वल प्रधान कार्यालय हलचोकमा कार्यरत ३३ बर्षीय हवल्दार सुनारलाई प्रहरीले अवैध लागूऔषध ब्राउन सुगर र गोली सहित पक्राउ गरेको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।

प्रहरीले सुनारको कोठा तलासी गर्दा ब्राउन सुगर १५ ग्राम, डिजिटल तराजु १ थान, एस.एल.आर.को गोली २ र जि.एम. पेस्तोलको गोली ४ राउण्ड बरामद भएको थियो ।

प्रतिक्रिया