“गिरिजाबाबु भए यस्तो अन्योल हुँदैनथ्यो”

सुप्रभा घिमिरे
सभासद एवम् नेपाली कांग्रेस नेत्री

तपाईंको राजनीतिक यात्रा कसरी सुरु भएको हो ?
राजनीतिमै लाग्छु भन्ने थिएन । म पेसागत क्षेत्रमा थिएँ । २०४३ सालमा नेपाल प्राध्यापक सङ्घको चुनाव लडेँ प्रजातान्त्रिकबाट । हिसिला यमी पनि वामपन्थीबाट लडेकी थिइन् । ०४६ सालको आन्दोलनमा लागियो । प्राध्यापनबाट सुरु भएको राजनीतिक यात्रा महिला सङ्घको केन्द्रीय सदस्य, महासचिव हुँदै यहाँसम्म आइपुगेको छ ।
कुनै प्रसङ्गले प्रेरित पनि गरेको थियो कि ?
१९७० मा बेलायत जाँदा त्यहाँको स्वतन्त्रताले प्रभावित पार्‍यो । सोचेँ– राजा भएको मुलुकमा पनि जनताले स्वतन्त्रता पाउँदा रहेछन् । हाम्रामा भने भित्ताले पो सुन्ला कि भनेजसरी बोल्नुपथ्र्यो । १९८७ मा फ्रान्स पुग्दा त्यहाँ पनि त्यस्तै स्वतन्त्रता । यहाँ पञ्चायतको निरङ्कुश शासन थियो, भारतले नाकाबन्दी लगाइराखेको अवस्था । लाग्यो– हामी त पङ्गू रहेछाँै, डेमोक्रेसीका लागि लड्नै पर्छ ।
राजनीति र अध्यापन कुन सजिलो ?
प्राध्यापन शान्तिपूर्ण जीवन चलाउने एउटा पेसा हो, त्यसमा एकेडेमिक सान भिन्नै हुन्छ । राजनीतिबाट जनताका समस्यामा आफूले गर्न सक्ने योगदान धेरै हुन्छ । दुवैमा आ–आफ्नै खाले सन्तुष्टि छ ।
राजनीतिमा पारिवारिक सहयोगचाहि कस्तो रह्यो ?
माइतीमा छँदा उति सहयोग थिएन । घरमा चाहिँ पूरै राजनीतिक माहोल । श्रीमान् नेपाली कांग्रेस युवा सङ्घको कार्यकर्ता हुनुहुन्थ्यो, यस अर्थमा सहयोग नै पाएँ । उहाँको निधनपछि केही समय निष्क्रिय बसेँ । देवर, देवरानी सबै राजनीतिमै रहेकाले पारिवारिक माहोल सहयोगी नै हो ।
सभासद् हुनेबित्तिकैको अनुभूति कस्तो थियो ?
पहिलोचोटि जनताबाट निर्वाचित हुन पाउँदा असाध्यै खुसी लाग्यो । प्राध्यापक सङ्घमा जित्दाभन्दा पूरै फरक । खुसीसँगै आमजनतामाथिको जिम्मेवारी पनि बोध भइरह्यो । तर यो चार वर्षमा समितिहरूमा जसरी जानुपर्ने हो, त्यो भएन । पार्टीले महŒवपूर्ण जिम्मेवारी देला र त्यसलाई पूरा गरौँंला भन्ने सोच थियो । त्यो पनि पाइएन । अहिले त्यो उत्साह घटेजस्तो लाग्छ ।
संविधान बन्न ढिलाइ हुदै छ नि ?
हेर्नुस्, संसद्का उपसमितिमा महिलालाई जिम्मेवारी दिएको भए धेरै काम भइसक्थ्यो । पुरुषले भन्दा महिलाले बढी गर्न सक्छन् । तर महिलालाई विश्वास गर्ने संस्कारै छैन । विशेष समितिमा बैठक हुन्छ तर निर्णय हुन सक्दैन । निर्णय भए कार्यान्वयन हुँदैन । त्यहाँ पनि पुरुषकै निर्णय लागू हुन्छ । महिलालाई मौका नै दिँदैनन् । यसले गर्दा अलि फ्रस्टे«सनजस्तो हुँदो रहेछ ।
त्यसो भए आफ्नो भूमिकामा सन्तुष्ट हुनुहुन्न ?
हो, कता–कता आत्मग्लानिजस्तो हुन्छ । क्षमताअनुसार पार्टीले यो कामचाहिँ तिम्रो भनेर सम्मानित जिम्मेवारी नदिएको महसुस गरेकी छु । पार्टीको आन्तरिक विभाजनले कसको मान्छेलाई कहाँ पु¥याउने भन्ने खेल बढी भइरहन्छ । योग्यता–क्षमता हेरिँदैन । आफूभन्दा अघि बढ्ला कि भनेर ‘जेन्युन’लाई पछि पारेको देख्दा दुःख लाग्छ । यो प्रवृत्तिले गर्दा केही गर्छु भन्ने जोस बोेकेर आउनेहरूको हौसलामा तुषारापात लाग्दो रहेछ ।
नेपालको महिला आन्दोलनले दिशा गुमायो भन्छन् नि ?
अहिलेको अवस्थामा महिला आन्दोलनले आफ्नो दिशा राम्रैसँग पक्डिएजस्तो लाग्छ मलाई । संसद्मा महिलाको प्रतिनिधित्व हेर्दा आन्दोलन निस्तेज भएको भन्न मिल्दैन । यो  ०६२,  ६३ को आन्दोलनले दिलाएको उपलब्धि हो । ‘वार’ नराम्रो हो भनेर पढेकी थिएँ, यहाँ त त्यसले फाइदा नै गरेछ ।
महिलाका लागि आफ्नो पार्टीभित्र कत्तिको लबिङ गर्नुहुन्छ ?
हामी लबिङ त गर्छौँ । आवाज उठाउँछौं,  संशोधन प्रस्ताव पनि राख्छौँ तर हाम्रो सङ्ख्या नै पुग्दैन, त्यसैले प्राथमिकतामा पनि पारिँदैन । त्यसका लागि हामीले महिलासङ्ख्या बढाउनुपर्ने भएको छ । आरक्षण कोटाले त १७ प्रतिशतमात्र हुन्छ । बाहिरबाट लिएर पनि त्यो सङ्ख्या बढाउनुपर्छ । महिलाका सबाल कुरामा होइन, व्यवहारमा लागू हुनुपर्छ  । महिलालाई जिम्मेवारी दिँदा पुरुषले आफ्नो अधिकार खोसिएको सोच्नु हुँदैन ।
त्यसो भए दलहरूमा महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक छैन ?
हो, अप्ठ्यारोमा मात्र हामीलाई प्रयोग गरिन्छ । अवसर आउँदा भने हेयको दृष्टिले हेर्ने चलन छ ।
तपाईंको पार्टीमा महिलाको ३३ प्रतिशत सहभागिता कहिले पुग्छ ?
सबै दलले पुर्‍याएपछि कांग्रेसले पनि नपुर्‍याई सुखै छैन । अर्को महाधिवेशनसम्म पुग्छ भन्ने लागेको छ । सबै दल समानुपातिक प्रक्रियामा जाँदै छन् ।
पार्टीभित्र महिलाको एकताचाहि कस्तो छ नि ?
हेर्नुस्, अरूलाई देखाउनका लागि त भएजस्तो देखिन्छ । तर मनभित्रैबाट चाहिँ हामी पछाडि परेका छाँै, एक भएर केही गर्नुपर्छ भन्ने भावना छैन । एकताभन्दा पनि व्यक्तिगत इच्छाका आधारमा अलिअलि भएको हो । आफू सुरक्षित होइँदैन कि भन्ने मानसिकता गढेको देखिन्छ । त्यस्ता दृष्टान्त धेरै छन् हाम्रो पार्टीभित्र ।
संविधान कहिलेसम्म बन्लाजस्तो लाग्छ ?
संिवधान समयमै बन्नुपर्छ । त्यसका लागि पहिला शान्तिप्रक्रिया टुङ्गो लाग्नुपर्छ । इच्छाशक्ति हुने हो भने समयमै दुवै कुरा टुङ्गिन्छ । एमाओवादीको भूमिका प्रमुख हुनुपर्छ । म त नेपालको राजनीतिमा गिरिजाबाबुको अभाव महसुस गर्दै छु । उहाँ हुनुभएको भए आजको जस्तो अन्योल हुँदैनथ्यो ।
प्रस्तुति, चमिना

प्रतिक्रिया