एएफसी कपको उपाधी कोरियालाई

काठमाडौं, २५ चैत । डिफेन्डिङ च्याम्पीयन उत्तर कोरियाले तुर्कमेनिस्तानलाई २ एक गोल अन्तरले पराजित गर्दै एएफसी च्यालेञ्ज कपमा आफ्नो कब्जा जमाएको छ ।

दशरथ रङगशालामा आज भएको अत्यन्तै कडा संघर्षपूर्ण खेलमा कोरियाले खेलको सुरुमै एक गोल र मध्यान्तर पछि पेनाल्टीबाट एक गोल गरेको थियो । तुर्कमेनिस्तानले पनि कोरिया बिरुद्ध एक गोल फर्काएको थियो ।

पेनाल्टि पाएको तुर्कमेनिस्तानले मौकालाई गुमाउदै गोलपोष्ट भन्दा माथिबाट प्रहार गरेको थियो । कोरियाले आज पहिलो पटक एक गोल खाएको हो । एएफसीको खेल अबधिभर कोरियाले कुनैपनि गोल खाएको थिएन ।

प्रतिक्रिया