प्रतिवाद गरे प्रत्युत्तपादक हुन्छः गुरुङ

काठमाडौं, ६ चैत । एकीकृत माओवादी संसदीय दलका मुख्य सचेत देबप्रसाद गुरुङले आफूहरुलाई शान्ति र संविधान विरोधी भन्नेहरु पार्टी भित्र र बाहिर जहाँको भएपनि पन्च शैली र नोकरशाही भएको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा नेता गुरुङले भने, ‘जहाँबाट यस्तो आरोप लगाएपनि त्यो पन्च शैलीको नोकरशाही प्रबृत्ति हो ।

उनले आफूहरुको अभियानको प्रतिकार गर्ने संस्थापन पक्षको सोच अप्रजातान्त्रिक र नोकरशाही सोच भएको भन्दै संस्थापनका लागि त्यो प्रत्यूत्तपाद हुने चेतावनी दिए ।

राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धमा पटक पटक सहमति भईसकेको भन्दै नेता गुरुङले सहमतिको सरकार बनाउने बिषय संसदले अनुमोदन गरिसकेको बताए । उनले शान्ति र संविधानका लागि सहमतिको सरकार अनिवार्य भईसकेको बताए ।

अध्यक्ष प्रचण्डले सहमतिको सरकारका लागि प्रधानमन्त्रीको राजीनामा गराउन नसकेपछि आफूहरुले प्रधानमन्त्रीको राजीनामाका लागि दबाव दिन सुरु गरेको उनले बताए ।

प्रतिक्रिया