विवादबीच नेविसङ्घको केन्द्रीय समिति गठन

काठमाडौँ, ५ चैत । तीव्र आन्तरिक विवादका बीच नेपाली कांग्रेसले एक सय एकजना सदस्य रहेको नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समिति गठन गरेको छ । सभापति सुशील कोइरालानिवास महाराजगन्जमा बसेको सीमित नेताहरूको बैठकले पूर्वसहमतिविपरीत समिति गठन गरेको हो ।
भ्रातृसङ्गठनका प्रमुख तोक्दा नेविसङ्घको केन्द्रीय समिति ५१ जनाको मात्र बनाउने सहमति भएको थियो । सभापति कोइराला पक्षका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य बलबहादुर केसी, डा. शशांक कोइराला, आनन्दप्रसाद ढुङ्गानासहितका नेताले नेविसङ्घको केन्द्रीय समितिको नाम टुङ्गो लगाएका हुन् ।
पार्टीका नेताले सङ्घको केन्द्रीय समितिको नाम अध्यक्ष रञ्जित कर्णलाई समेत नदेखाएको स्रोतको दाबी छ । पार्टी नेतृत्वले आफूमातहत रहने सदस्यको नामसमेत नदेखाएपछि असन्तुष्ट बनेका कर्ण आइतबार दिउँसो नै वीरगन्ज गएका छन् ।
वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबाट केन्द्रीय समितिमा परेका विद्यार्थी नेताले पनि सामूहिक राजीनामा गर्ने तयारी गरेका छन् । देउवा पक्षका एक सदस्यले भने, ‘भोलि(सोमबार) बिहान सामूहिक राजीनामा गर्ने विषयमा छलफल गर्दै छाँै, हामी राजीनामा गर्ने मुडमा छौँ ।’
पूर्वसहमतिअनुसार देउवा पक्षले सङ्घमा ऋषिकेशजङ्ग शाहको नेतृत्वमा २३ जनाको नाम पठाएको थियो । तर, संस्थापन पक्षका नेता नै पिच्छे लामो सूूची पेस भएपछि सभापति दबाबमा परेको स्रोतको दाबी छ । नेताहरूको दबाबपछि उनले अध्यक्षसहित संस्थापन पक्षका ७२ जना सहभागी गराएर समिति गठन गरेका हुन् । देउवा पक्षको २९ जना मात्र सदस्य छन् । दुवै पक्षबाट २३ का साथै अध्यक्षलाई चारजना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिने सहमति भएको थियो । मनोनयनमाथि तीव्र विरोध हुन थालेपछि सभापति सुशील कोइरालासहित अधिकांश नेता आइतबार साँझ नै वीरगन्ज पुगेका छन् ।
सात दिनभित्र भ्रातृसङ्गठनका केन्द्रीय समिति गठन गरिसक्ने दाबी गरेका कांग्रेस नेताले एक महिना १३ दिनपछि आइतबार नेविसङ्घको केन्द्रीय समिति गठन गरेका हुन् । पाँच महिना लामो आन्तरिक विवादपछि २२ माघमा नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घ, नेपाल तरुण दल, आदिवासी जनजाति सङ्घ, प्रजातान्त्रिक सेनानी सङ्घ, नेपाल मगर सङ्घ र नेपाल किसान सङ्घको अध्यक्ष र सभापति तोकिएको थियो ।
कांग्रेस केन्द्रीय सदस्य एवं नेपाल विद्यार्थी सङ्घ विवाद समाधान समितिका सदस्य सुरेन्द्र पाण्डेले सहमतिविपरीत केन्द्रीय समिति गठन गरिएको बताए । सङ्घको केन्द्रीय समिति गठनका विषयमा आफूसँग कुनै छलफल नभएको उनको भनाइ छ ।
‘म सानो समिति गठन गर्नुपर्छ भन्ने पक्षमा थिएँ,’ उनले भने, ‘मैले बाहिर सुनेअनुसार यो समितिले महाधिवेशन गराउन सक्छ भन्नेमा मलाई विश्वास छैन ।’
पाण्डेले सङ्घको केन्द्रीय समिति गठनका लागि तयार गरेको नाममा हस्ताक्षरसमेत गरेका छैनन् । उनले हस्ताक्षर गर्न अस्वीकार गरेपछि पार्टी केन्द्रीय कार्यालयले मुख्यसचिव वसन्त गौतमले हस्ताक्षर गरी सङ्घको केन्द्रीय समितिको नाम सार्वजनिक गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयद्वारा आइतबार राति जारी विज्ञप्तिमा सङ्घको अधिवेशन गराउन तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको उल्लेख छ । समितिको संयोजकमा गोपालकृष्ण घिमिरेलाई तोकिएको छ । त्यस्तै, सङ्घ केन्द्रीय अनुशासन समितिको संयोजकत्वमा वृख रावललाई मनोनीत गरिएको छ । पदावधि सकिएका भ्रातृसङ्गठनलाई ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्न भनिएको छ ।

चैत्र ५, २०६८

प्रेस विज्ञप्ति

मिति २०६८ माघ २१ गते श्री रञ्जित कर्णको अध्यक्षतामा गठन भएको नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ समितिलाई आज पूर्णता दिइएको छ । जसमा सदस्यहरु देहाय बमोजिम रहनु भएको छ ।
१.      उमा सिवाकोटी
२.      दिपा सिवाकोटी
३.      उमा थापा मगर
४.      रिता कार्की
५.      एन्जिला न्यौपाने
६.      तुलसा पन्त
७.      सन्तोष चौधरी
८.      रमाकान्त शाह
९       संजीव यादव
१०.     गणेश सापकोटा
११.     जित शेरचन
१२      विवश बाइबा
१३.     धमेन्द्र नेम्वाङ
१४.     सन्तोष चौधरी
१५.     ओम गुरुङ्ग
१६.     सूर्य राई
१७.     मंजित ताम्राकार
१८.     महेश नेपाली
१९.     अनिल भुजु
२०.     मुकुन्द श्रेष्ठ
२१      सानुबाबु महर्जन
२२.     प्रकाश महर्जन
२३.     विकाश थापा
२४.     कृष्ण कट्टेल
२५.     कृष्ण दत्त भट्ट
२६.     नृपेन्द्र धिताल
२७.     राजन सिल्वाल
२८.     रामप्रसाद ज्ञवाली
२९.     जीवलाल खरेल
३०.     अनिल खनाल
३१. इर्शाद अन्सारी
३२. नारायण भारती
३३. गणेश थापा
३४. नविन थापा
३५. मनहरि श्रेष्ठ
३६. भूपेन्द्र कोइराला
३७. यू.पी. लामिछाने
३८. सरोज के.सी.
३९. उदय घिमिरे
४०. चिरञ्जीवी गौतम
४१. विरेन्द्र कुमार शर्मा
४२. जगदीश बम
४३. भुम भण्डारी
४४. बिर्ख रावल
४५  विष्णु जोशी
४६. क्षितिज भण्डारी
४७  भरत भट्ट
४८. अमरेन्द्र झा
४९. वि.पी. रेग्मी
५० रामकुमार खत्री ५१. प्रमेश पोखरेल
५२. बलदेव तिमिल्सिना
५३. इन्दु शर्मा
५४. पदम बहादुर अधिकारी
५५.  उत्तम मिश्र
५६ . चुडामणि ठकुराठी
५७. लीला बल्लभ दाहाल (काका)
५८. शैलेन्द्र धिमिरे
५९. सन्तोष कट्टेल
६० .अन्जन चौलागाई
६१. मिथिलेश मिश्र
६२. मनोज कोईराला
६३. खर सिंह दरै
६४. गुरु भट्टराई
६५. लाओस राई
६६. टोप बहादुर राउत
६७.     सन्तोष पाण्डे
६८. ऋषिकेश जङ्ग शाह
६९. नारायण ढुङ्गाना
७०. हरि भट्टराई
७१. डेकराज भट्टराई
७२ उदय कान्त यादव
७३. बैकुण्ठ श्रीवास्तव
७४. बद्रि मुडवरी
७५. विष्णु पौडेल
७६  तिल बहादुर अधिकारी
७७. जमुना ढकाल
७८. युवराज खडका
७९. यादव राज खडका
८०. टेकराज शाही
८१  शिव बोहरा
८२. जनक भट्ट
८३. गोकर्ण चन्द
८४. रोदना घिमिरे
८५. सुदिप न्यौपाने
८६. इम्तियाज आलम
८७. सुभाष कुमार यादव
८८. अन्जान लामा
८९. नारायण चौधरी
९०. दुरेन्द्र राई
९१. सरेन्द्र लौडारी
९२. प्रकाश शाह
९३. दिपक सोनी
९४. सन्तोष श्रेष्ठ
९५.मोती भण्डारी
९६ जितेन्द्र ठकुरी
९७. विष्णुहरि भण्डारी
९८. बलदेव थापा
९९. लेखनाथ पोखरेल
१००. कोशन पन्त

नेपाल विद्यार्थी संघको आगामी महाधिवेशन सम्पन्न गर्नका लागि ३ सदस्यीय देहाय
बमोजिमको नेपाल विद्यार्थी संघ केन्द्रीय निर्वाचन समिति गठन गरिएको छ ।

१. संयोजक      — गोपालकृष्ण घिमिरे
२. सदस्य — सिताराम के.सी.
३. सदस्य — सागर विष्ट

नेपाल विद्यार्थी संघ केन्द्रीय अनुशासन समिति देहाय बमोजिम गठन गरिएको छ ।
१. संयोजक      — वृख रावल
२. सदस्य — सन्तोष कटेल
३. सदस्य — उमा शिवाकोटी

निर्देशन
१.      पार्टी केन्द्रीय कमिटीले ६ महिनाभित्र सम्पन्न हुने गरी अधिवेशनको मिति तोक्ने छ ।
२.      यस समितिले तोकिएको समयभित्र — कार्यक्रम तालिका तयार गरी — सो तालिका
भित्र निम्न कार्य सम्पन्न गरिसक्नु पर्नेछ ।
(क)     समितिमा बसेका सदस्यहरुले आगामी अधिवेशनमा चुनाव लड्न पाइने छैन ।
(ख)     विवादित जिल्ला तथा क्याम्पसहरुको विवाद १ महिनाभित्र मिलाई सक्नु पर्नेछ ।
(ग)     सबै जिल्ला तथा क्याम्पसहरुमा २ महिनाभित्र सदस्यता वितरण गरी केन्द्रमा
नामावली पठाई सक्नु पर्नेछ ।
(घ)     १४ वटै अञ्चलमा केन्द्रीय स्तरको प्रशिक्षण १ महिनामा सकिसक्नु पर्नेछ ।
प्रशिक्षणका विषयहरुमा—
ब। नेविसंघको इतिहास,
द। अधिवेशन सम्पन्न गर्ने प्रकृया
अ। समसामयिक राजनीति
(ङ) देशभरि नै जिल्लाहरु तथा क्याम्पसहरुका अधिवेशन एकै दिन सम्पन्न गर्ने व्यवस्था
गर्नु पर्नेछ ।
(च)     जिल्लाहरु तथा क्याम्पसहरुको अधिवेशन सम्पन्न भएपछि सो नामावली केन्द्रमा
पठाउने र केन्द्रले एक महिना अगावै केन्द्रीय प्रतिनिधिहरुको नामावली प्रकाशन
गरिसक्नु पर्नेछ ।

वसन्तकुमार गौतम
मुख्य सचिव

प्रतिक्रिया