बलात्कार गर्न खोज्ने अहेव पक्राउ

जुम्ला, ५ चैत । रजस्वलाको उपचार गर्न आएकी १८ बर्षीया युवतीलाई जवरजस्ती अनुचित कार्य गर्न खोजेको अभियोगमा अञ्चल अस्पताल जुम्लाका अहेव कमल केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

चन्दनाथ–५ घर भएका २५ बर्षीय केसीलाई पक्राउ गरेको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।

मालिकाठाटी–३ घर भएकी एक १८ बर्षीया युवती रजस्वला भई रगत बगिरहेकोले उपचारका लागि चैत ४ गते पौने ६ बजे अञ्चल अस्पताल जुम्ला आएकी थिईन । अहेव केसीले उपचार गराउछु भनी ईमेजेन्सी कक्षमा लगि जवरजस्ती अनुचित कार्य गर्न खोजेपछि सोही अस्पतालमा खटिएका प्रहरी कर्मचारीले उनलाई पक्राउ गरेका थिए ।

यता, सिन्धुली जिल्लामा आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी मार्ने हतपते–९ बस्ने ३५ बर्षीय रामस्वरुप कुमार दनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

दनुवारले आज विहान पौने एघार बजे घरयासी विवादमा ३२ बर्षीया श्रीमती सादुनी दनुवारलाई घाटीमा खुकुरी प्रहार गरी दुई टुक्रा पारेर हत्या गरेको प्रहरी बुलेटीनमा उल्लेख छ ।

श्रीमतीको हत्या पछि दनुवार खुकुरी सहित इलाका प्रहरी कार्यालय डकाहामा आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया