‘रत्नपार्कमा तुल टाँगेर सहयोग माग्छौ’


काठमाडौं, ५ चैत । चौतर्फि आलोचना भएपछि सगरमाथा आरोहणका लागि सरकारले लुम्बिनी सगरमाथा शान्ति अभियान नेपाललाई दिएको २ करोड रुपैयाँ नलिने घोषणा गरेको छ ।

अभियानले आज राजधानीमा पत्रकार सम्मेलन गरेर नेपाली जनताको भावनालाई ध्यानमा राखेर २ करोड नलिने घोषणा गरिएको जानकारी अभियानका अध्यक्ष कृष्ण केसीले दिए ।

सरकारले हिमालय महोत्सव र सगरमाथा आरोहणका लागि रकम दिएकोमा अन्य दलले पूर्वाग्रही भएर विरोध गरेको भन्दै सो रकम द्वन्द्वपीडित र घाइते तथा शहीद परिवारलाई दिन अभियानले अनुरोध गरेको छ ।

सरकारले दिएको रकम अस्वीकार गरेको अभियानले आफ्नो यात्रा भने पूर्व निर्धारित मितिमै हुने जानकारी पनि पत्रकार सम्मेलनमा दिएको छ । सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशले अब ३ करोड नेपालीसँग १, १ रुपियाँ संकलन गरी अभियान सफल पार्ने बताए । ‘रत्नपार्कमा तुल टाँगेर सहयोग माग्छौ’, प्रकाशले भने ।

शान्ति संविधान, नयाँ नेपाल निर्माण तथा पर्यटन क्षेत्रको विकासमा सकारात्मक योगदान पु¥याउने उद्धेश्यले कार्यक्रम गर्न खोजिएको भएपनि यस अभियानलाई ‘रोमान्टिक यात्रा’ को रुपमा बुभिएको अभियानद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अध्यक्ष दाहालको छोरा भएका नाताले दुराशय राखिएको भन्दै अभियानका अध्यक्ष केसीले आक्रोश व्यक्त गरे । झलनाथ, रामचन्द्रहरुका छोराछोरी पनि कहाँ के गर्छन् मिडियाले खोज्नुपर्ने केसीको भनाई थियो ।

प्रतिक्रिया