सडकमा गुडेको जिन्दगी

राजु तुलाधर

आंखाले देख्दादेख्दै लाखौं बस भए, लाखौं व्यवसायी भए । अहिले जताततै बसै बस देख्छु । पहिलाभन्दा सडक बढेका छन् तर सडकभन्दा बढी बस छन् । अहिले त काठमाडौं सहरमा बस, बाटो र बस्तीमात्र देख्न पाइन्छ ।

७२ वर्षअघि पाटनमा जन्मे । मेरो बुबा व्यापारी हुनुहुन्थ्यो । जागिर खाने मन थियो । त्यतिबेला साझा यातायात, हिमालयन बसलगायत पांचवटा कम्पनीका बस चल्थे । मैले हिमालयन बसको एकजना कर्मचारीलाई ‘जागिर खानुपर्‍यो’ भनेपछि उसले मलाई सुपरभाइजरको काम लगाइदियो । बसका चालक र सह-चालकको नियन्त्रण गर्ने काम मेरो कांधमा आयो । ६ वर्षजति त्यहां काम गरेपछि एक रोपनी पुख्र्यौली जग्गा बेचेर एउटा बस किने । त्यतिबेला डेढ लाख रुपियामा पुरानो बस किनेको थिए । विसं २०२२ देखि निरन्तर यातायात क्षेत्रमा काम गरे, अहिले ४७ वर्ष पुगेछ । कहिलेकाहीं यसो सोच्छु, ‘कहांबाट कहां आइपुगिएछ ?’ उतिबेला अहिलजस्तो ट्राफिक जाम हुदैनथ्यो, सडक खाली हुन्थ्यो र सांघुरो पनि । यति धेरै मान्छेको भिड पनि थिएन ।
मैले जीवनमा सिकेको, जानेको, दुःख झेलेको, सुख पाएको, हन्डर खाएको, सङ्घर्ष गरेको यातायात क्षेत्रमै हो । जीवनका स्वणिर्म समय यसै क्षेत्रमा गुजारे, जीवन सडकमै गुड्यो । त्यस बेला र अहिलेको यातायात क्षेत्रको तुलना गर्दा मलाई निकै समय बितेछ भन्ने लाग्छ । यही क्षेत्रमा काम गर्दा यातायात व्यवसायीलाई सङ्गठित गर्ने अवसर पाए मैले । विसं ०३६ मा गठन भएको ‘ललितपुर यातायात व्यवसायी सङ्घ’ को अध्यक्ष भएर २०६० सम्मै काम गरे । विसं ०४६ मा ‘नेपाल यातायात व्यवसायी सङ्घ’ को उपाध्यक्ष र पछि योगेन्द्रनाथ कर्माचार्यको नेतृत्वमा रहेको ‘नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घ’ को उपाध्यक्ष पनि बने । यातायात व्यवसायीदेखि यातायात व्यवसायीको नेतृत्व गर्दासम्मका अनुभव र अनुभूति थुप्रै सागालेको छु । अहिले पनि त्यसबेलाको यातायात र अहिलेको यातायातको चित्र मस्तिष्कमा घुमिरहन्छ ।
मैले सुपरभाइजरको काम सुरु गर्दा गाडीभाडा २५ पैसा थियो । २५ पैसाले काठमाडौभरि घुम्न पाइन्थ्यो । त्यतिबेला जम्मा ३० वटा जति बस र ३० जना जति नै व्यवसायी थिए होलान् । काठमाडौाका सबै सडक चहारेको छु । आखाले देख्दादेख्दै लाखौं बस भए, लाखौं व्यवसायी भए । अहिले जताततै बसैबस देख्छु । देशभर ११ लाख सवारीसाधन गुड्छन्, काठमाडौँमा मात्र पाच लाखभन्दा बढी गाडी छन् । पहिलाभन्दा सडकहरू पनि बढेका छन् तर बाटोभन्दा बढी बस छन् । अहिले त काठमाडौा सहरमा बस, बाटो र बस्ती मात्र देख्न पाइन्छ । प्रत्येक वर्ष दुई हजारभन्दा बढी सवारीसाधन बढ्छन्, हाम्रा सडक गाडीका सामुन्ने सांघुरा भएका छन् । रिङरोडको सडक बनाउदा त्यहाका स्थानीयवासीले काठमाडौामा किन यति ठूलो सडक चाहियो भनेर विरोध गर्थे तर त्यही सडक अहिले सांघुरो भएको छ । सडक र यात्रुका आधारमा मात्र सवारीसाधन थप्नतिर नलागी सरकारले जथाभावी गाडी भित्र्याउने तर सडक नबढाउने हो भने हाम्रा सडक सवारीले भरिन्छन् र काठमाडौँजाममय सहर बन्छ ।
पहिला बन्द र हडताल थिएन तर अहिले बन्द, हडताल र तोडफोडले यातायात व्यवसाय नै धराशयी हुन थालेको छ । पहिला गाडीसाहु भनेपछि बसका कर्मचारी पनि डराउथे, अनुशासित हुन्थे तर अहिले उल्टै कर्मचारीले थर्काउाछन् । तेलको लाइन कहिल्यै बस्नुपरेको थिएन तर आजभोलि तेल पाउनै गाह्रो छ । तीन मोहोरमा पाइने डिजेल अहिले लिटरको ८५ रुपियाा पुगिसक्यो । बस किन्न मात्रै २६ लाख रुपियां भन्दा बढी पर्छ ।
पहिले र अहिलेका मीठा-तीता कुरा धेरै छन् । पहिला यातायात व्यवसायमा बढी अवसर र आम्दानी थियो तर अहिले समस्याका चाङ मात्रै छन् । पैसा दिएर तेल किन्न पाइदैन । पहिला दुर्घटना हुनासाथ हुलदङ्गा हुन्थ्यो तर बस नै तोडफोड हुदैनथ्यो । अहिले बस तोडफोड गर्नु र आगो लगाउनु सामान्य बनेको छ । पहिले पनि प्रहरीलाई पैसा दिनुपथ्र्यो, अहिले पनि दिनुपर्छ । दसैको भाग त छुट्याउनै पथ्र्यो । यही मात्रै परिवर्तन भएको छैन, नत्र यातायात व्यवसायमा ठूलो परिवर्तन आएको छ ।
मेरो जिन्दगी र यातायात क्षेत्रबीच नङ र मासुको सम्बन्ध छ । यातायातलाई बिर्सने हो भने मेरो जिन्दगी शून्य हुन्छ । पहिले र अहिलेको मेरो अनुभूतिमा व्यापक अन्तर छ । हिजो यातायात क्षेत्रमा आम्दानी थियो, यात्रु थिए, साहुको इज्जत थियो, यात्रुको पनि इज्जत थियो, बसका कर्मचारीमा अनुशासन थियो तर अहिले सबै गायब । यात्रु चढ्छन्, पैसा नदिएर झगडा गर्छन् । सवारीसाधन किन्न सजिलो छ तर ठूलो जोखिम मोल्नुपर्छ, आम्दानी हृवात्तै घटेको छ ।
खुसीको कुरो, हिजो यातायातका साधन मर्मत गर्न जनकपुर पुग्नुपथ्र्यो । त्यहां गाडी मर्मत गर्नेको मेलै लाग्थ्यो । काठमाडैामा एक/दुईवटा मात्रै वर्कसप थिए, सामान पनि पाइन्नथ्यो । तर, जनकपुरमा सबै सामान सजिलै पाइन्थ्यो र वर्कसप पनि धेरै थिए । कत्ति त डेराभाडा लिएरै अनि कोही दुई/तीन महिना लजमै बसेर बस मर्मत गरी काठमाडैा र्फकनुपथ्र्येा तर अहिले बस बनाउने ठाउा जताततै छन् ।
विसं २०२८ मा एउटा बस किनेर सुरु गरेको मेरो व्यवसायमा पछि १९ वटा गाडी थपिए, अहिले तीनवटा मात्रै छन् । कुनैबेला देशका मुख्य सहरमा म बस सेवा लिएर पुगेको थिएा । यातायात चलाउादा धेरै हन्डर खाएका अनुभव दिमागमा ताजै छन् । तर, मैले कहिल्यै घरपरिवारमा ती पीडा सुनाइना । बरु बस चढ्न पाएर यात्रुहरू खुसी भएका र ती अनुहारमा चम्किएका रौनकका रोचक कथा सुनाउाथे । पांच दशकको मेरो यातायात अनुभवले भन्छ, ‘अब यातायात क्षेत्रलाई व्यवस्थित बनाउन सडक बढाउनुपर्छ, यात्रुदेखि व्यवसायी सबैको सुरक्षाको ग्यारेन्टी र कानुनी राज्यका लागि सरकार अघि बढ्नुपर्छ, सवारीसाधन, सडक र यात्रुबीच सन्तुलन मिलाउनुपर्छ, नत्र काठमाडौ सहर यातायातकै कारण अस्तव्यस्त हुन्छ र आजको युगमा गाडी चढ्नुभन्दा हिड्नु सबैभन्दा उत्तम बाटो हुनपुग्छ किनभने काठमाडौले ट्राफिक जाम थेग्नै सक्दैन ।’
जिन्दगी, सडक र यातायात एकअर्कासाग सम्बन्धित कुरा रहेछन् । यी तीनबिना जीवन अंध्यारो सुरुङतिर धकेलिन्छ । सडकमा यातायातका साधन नभई पनि हुादैन तर व्यवस्थित गर्न सकिएन भने यही यातायात क्षेत्रले देशमा सबैभन्दा विकराल समस्या निम्त्याउने निश्चित छ ।
प्रस्तुतिः भीम गौतम

प्रतिक्रिया