पहिला शान्ति अनि संविधानः नेपाल

सिन्धुपाल्चौक, ३ चैत । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले शान्ति विना संविधान निर्माण असम्भव भएको वताएका छन् ।

अशान्त वातावरणमा संविधान वनाए पनि दिगो नहुने भन्दै नेपालले सेना समायोजनमा माआवादीले पदको कुरा गरेर बखेडा झिकेको आरोप लगाए ।

सिन्धुपाल्चोकको चौतारामा आज नेता नेपालले माआवादीमा अझै सत्ता कब्जाको धङधङी बाँकी रहेकाले निकास निस्कन कठिन भएको वताए । माओवादीलाई सत्ता कब्जाको सपना देख्न नछाडेकाले सेना समायोजनमा समेत समस्या भएको उनले वाताए ।

‘सेना दयामायाले बनाउने कुरा होईन, क्षमता भएका आउछन्, अरु जान्छन्’ उनले भने, ‘अब कुनै पनि तानाशाहको सपना पूरा हुदैन । कसैसँग त्यस्तो सपना भए सपनासँगै आफैं बढारिन्छ ।’

बर्तमान सरकार लुटेराहरुको झुण्ड भएको आरोप लगाउदै नेपालले भने, ‘बाहिर त लुटेकै हुन्, अहिले त आफ्नै कार्यकर्ताको लुट्न थालेका छन्, लुटले देश चल्दैन ।’
नेपालले क्रान्तिकारी आवरणमा माओवादीले वितण्डा मच्चाएको आरोप लगाउदै बढी क्रन्तिकारी देखाउन ‘नयाँ जोगीले धेरै खरानी घसेको’ बताए ।

प्रतिक्रिया