सडक विस्तारमा क्षतिपूर्ति दिन आयोगको निर्देशन

ललितपुर, ३ चैत । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यकामा सडक विस्तार कार्य अघि बढाउदा ऐन, कानून र स्थानीयको सहयोग लिएर मात्रै कामगर्न निर्देशन दिएको छ ।

ललितपुरमा आज भएको छलफलमा आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले सडक विस्तार गर्ने काम अघि बढाउँदा विद्यमान ऐन, कानून र मानव अधिकारका आधारभूत मान्यताहरुलाई आत्मसात गर्न सरोकारवाला निकायहरु आग्रह गरेका छन् ।

उनले सडक विस्तार गर्दा प्रभावित क्षेत्रका नागरिकलाई यथासमयमा जानकारी दिन आग्रह गरे । सडक विस्तारका क्रममा कसैको घर जग्गा पर्न गए क्षतिपूर्ति उपलब्ध गराउन उपाध्यायले सुझाव दिए ।

काठमाडौंका सडक विस्तारका क्रममा सरकारले मुआब्जा नदिएको गुनासो आएपछि आयोगले सरोकारवालासँग आज छलफल गरेको हो ।

प्रतिक्रिया