निर्वाचन होइन, संविधान देउ

काठमाडौं, ३ चैत । मधेसी जनअधिकार फोरम नेपाल सहित साना सात पार्टीले जेठ १४ गते भित्र संघीयता सहितको संविधान जारी गर्न माग गरेका छन् ।

उनीहरुले आज राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरेर संघीयता नभएको संविधान जारिगरिए आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन् । फोरम अध्यक्ष उपेन्द्र यादवले संविधान जारिगर्ने तर्फ दलहरु ईमान्दार नभएको आरोप लगाए ।

उनले अहिले मुलुकका लागि संघीयता सहितको संविधान आवश्यक रहेको भन्दै निर्वाचन गर्ने भन्ने ठूला दलको टिप्पणीको आलोचना गरे । अर्को निर्वाचनले पनि मुलुकमा संविधान बनाउछ भन्ने कुनै ज्ञारेन्टी नरहेको अध्यक्ष यादवको भनाई छ । उनले ईच्छा शक्ति हुने हो भने नयाँ संविधान जारि गर्न सयम अझै प्रयाप्त रहेको दाबी गरे ।

पत्रकार सम्मेलनमा अन्य नेताहरुले एक मधेस प्रदेशका बिषयमा खुलेर केही बताएनन् । उनीहरुले पहिला संघीयता सहितको संविधान जारि गरेपछि अरु बिषय पछि मिलाउने बताए ।

पत्रकार सम्मेलन गर्नेमा मधेसी जनअधिकार फोरम नेपाल, नेपाः राष्ट्रिय पार्टी, ताम्सालिङ नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायतका पार्टीको सहभागिता रहको थियो ।

प्रतिक्रिया