श्रमजीवि ऐन कार्यान्वयन नभए सम्म सम्झौता हुँदैन

चितवन, ३ चैत । नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले श्रमजीवि पत्रकार ऐन पूर्ण रुपमा लागु नभएसम्म ममहासंघले कुनै खालको अर्को सम्झौता नगर्ने बताएका छन् ।
सरकारले पुष १८ गतेदेखि राजपत्रमा उल्लेख गरेको परिमार्जित तलब लगायतका सेवा सुविधा लागु नभएसम्म सञ्चार प्रतिष्ठान वा अन्य संस्थासँग सम्झौता नगर्ने अध्यक्ष गाउँलेले बताए । चितवन आज भएको कार्यक्रममा अध्यक्ष गाउँलेले उक्त कुरा बताएका हुन् ।
चितवनका सञ्चार संस्थाले पत्रकारहरुलाई दिएको सेवा सुविधाको विवरण प्रेस काउन्सिल, प्रेस रजिष्ट्रारको कार्यालय र नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पठाएका छन् ।

प्रतिक्रिया