शिक्षा सचिव थापाद्धारा राजीनामा

काठमाडौं, ३ चैत । शिक्षामन्त्रालयका सचिव किशोर थापाले आज आफ्नो पदबाट राजीनामा गरेको पत्र सरकारका मुख्य सचिवलाई बुझाएका छन् ।
मुख्य सविच माधवप्रसाद घिमिरेको कार्यकक्ष सिंहदरबारमा पुगेर सचिव थापाले आफ्नो राजीनामा पत्र बुझाएका हुन् । सचिव थापाले राजीनामा पत्र बुझाएपनि स्वीकृत भने भएको छैन ।
शिक्षक र कर्मचारी आन्दोलनका कारण दबावमा परेका सचिव थापाले काम गर्न नसकेर राजीनामा दिएको स्रोतको भनाई छ । शिक्षा मन्त्री दीनानाथ शर्माले सचिव थापालाई शिक्षक आन्दोलनका क्रममा अनाश्यक दबाव दिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया