गुणको उडान बन्द

काठमाडौ, २ चैत । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले बिनाजानकारी आˆनो उडान सेवा स्थगन गरेको छ । जहाज मर्मत गर्नुपर्ने भन्दै कम्पनीले दुई साताका लागि उडान स्थगन गरेको हो ।
गुण एयरलाइन्ससाग हाल तीनवटा १९०० डी बीचक्राˆट जहाज छन् । यसमध्ये दुईवटा मर्मत गर्नुपर्ने र एउटा बिक्रीका लागि राखिएको अपरेसन विभागले जनाएको छ । विभागका अनुसार मर्मतपछि दुई सातामा उडान सुचारु हुने छ । मर्मतका लागि इन्जिन तथा आवश्यक पार्टपुर्जा समयमा नआएको कम्पनीले बताएको छ ।
काठमाडौंालाई आधार बनाएर गुणले माउन्टेन ˆलाइटका साथै विराटनगर, भैरहवा,  पोखरालगायत ६ वटा सुगम गन्तव्यमा उडान गरिरहेको छ । एक दिन सेवा बन्द हुादा दैनिक करिब १५ लाख रुपियाा घाटा हुने बताइएको छ । गुण एयरलाइन्स यात्रु सङख्याका आधारमा मुलुकको चौथो ठूलो वायुसेवा कम्पनी हो । यसले सन् २०११ मा पााच हजार पााच सय ७६ उडान गरी ७७ हजार ८ सय ८९ यात्रु बोकेको नेपाल नागरिक उड्डन प्राधिकरणको तथ्याङ्क छ ।
बिनासूचना उडान स्थगन गरिएकाले यात्रुलाई असुविधा पुगेको ट्राभल एजेन्सी सञ्चालकले बताएका छन् । उनीहरुका अनुसार अहिले गुणको कुनै पनि उडान भएको छैन । सेवा बन्दबारे कम्पनीले हालसम्म सार्वजनिक सूचना प्रकाशन गरेको छैन । टिकट एजेन्ट, शाखा काउन्टर तथा ट्राभल एजेन्सीलाई भने व्यक्तिगत तथा संस्थागत रुपमै सेवा बन्दबारे जानकारी गराइएको कम्पनीले जनाएको छ । १५ दिनभन्दा बढी सेवा बन्द गर्नुपर्ने भएमा उड्डयन प्राधिकरणलाई समेत जानकारी गराउनुपर्ने हुन्छ ।
कम्पनीले सेवा स्थगन गर्नाको कारण जहाज मर्मतलाई देखाए पनि सम्बन्धित स्रोतका अनुसार मर्मतको खर्च अधिक भएका कारण सेवा बन्द भएको हो । दुईवटा जहाज मर्मतका लागि आवश्यक रकम बेहोर्न नसकेपछि इन्जिन तथा पार्टपुर्जा आउन ढिलो भएको र कम्पनीले बिमाको पि्रमियम पनि तिर्न नसकिरहेको स्रोतको दाबी छ ।
उडान सेवा बन्द भए पनि कार्यालयको दैनिक काम नियमित रुपमा भइरहेको कम्पनीले जनाएको छ । दुई वर्षअघि बुद्ध एयरबाट जहाज खरिद गरी सेवा सुरु गरेको गुण एयरलाइन्स गुण गु्रपअन्तर्गत सञ्चालित छ । ग्रुपले सिनेमा, को-अपरेटिभ, मोबाइल, फुड कोल्ड स्टोरेज, रियल स्टेटलगायतका क्षेत्रमा पनि काम गरिरहेको छ ।

प्रतिक्रिया