मनै मारेर हात मिलाए रेखा र आर्यनले

काठमाडौ, २ चैत । नायक आर्यन सिग्देल र नायिका रेखा थापाबीचको सम्बन्ध सुधि्रइसकेको छैन । लगभग पानी बाराबारको दुस्मनीमा रहेका उनीहरू कुनै कार्यक्रममा भेट भए एकअर्कादेखि मुन्टो बटारेर हिाड्छन् । तर, बिहीबार आयोजित एक कार्यक्रममा उनीहरूले एकअर्कासाग हात मिलाइरहेको देखियो । हात मिलाइरहादा पनि उनीहरूको अनुहारमा साथीसाग भेटेजस्तो खुसी भने थिएन । लाग्थ्यो- मन नलागी-नलागी उनीहरू एकअर्काको हात समातिरहेका छन्, यो बाध्यता हो ।
प्रसङ्ग हो, बिहीबार राजधानीमा आयोजित फिल्मीखबर साप्ताहिकको वाषिर्कोत्सव कार्यक्रमको । कार्यक्रममा आर्यन र रेखालाई फिल्मीखबर वर्ष नायक नायिका २०६८ घोषणा गरिएको थियो । त्यसबापतको सम्मान ग्रहण गर्न पहिला रेखालाई स्टेजमा बोलाइयो अनि आर्यनलाई । स्टेजमा पुगेका आर्यनले रेखाबाहेक सबैसाग हात मिलाए । रेखाले पनि खासै वास्ता गरिनन् । उनीहरू पुरानै शैलीको दुस्मनी दर्साइरहेका थिए ।
यत्तिकैमा उद्घोषक नरेश भट्टराईले उनीहरूबीचको त्यो दुस्मनी हटाउने प्रयास गरे । आर्यन र रेखालाई दुस्मनी भुलेर एकअर्कालाई मित्रताको अागालोमा बााध्न आग्रह गरे । तर, उनीहरूले वास्ता गरेनन् । नरेशले आग्रह दोहोर्‍याए- ‘चलचित्रमा सागै देखिनुभएका तपाईंहरूको मित्रता रियल लाइफमा अहिलेसम्म देखिन पाएको छैन ।’ यति भनिसेकपछि उनीहरू केही नजिक त भए तर अङ्कमाल भने गरेनन् । सकीनसकी हात उठाए अनि एकअर्कासाग मिलाएजस्तो मात्र गरे ।
नेपाल चलचित्र सङ्घका अध्यक्ष राजकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विभिन्न व्यक्तिलाई मायाको चिनो वितरण गरिएको थियो । चलचित्र निर्माता सङ्घका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र द्वन्द्वकलाकार सङ्घका अध्यक्ष योगेन्द्र श्रेष्ठ, नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष सन्तु तामाङ, चलचित्र पत्रकार सङ्घका अध्यक्ष विदुर गिरीलगायतले मन्तव्य राखेका थिए । पत्रिकाका प्रधान सम्पादक शान्तिपि्रयले यसअगाडि छायाछवि डिजिटल अवार्डका रूपमा वितरण गरिादै आएको अवार्डलाई अबदेखि फिल्मी खबर अवार्डका रूपमा वितरण गरिने घोषण गरे ।
फिल्मी खबरको तेस्रो वाषिर्कोत्सवका अवसरमा आयोजित कार्यक्रममा श्रीकृष्ण श्रेष्ठ, मुकेश ढकाल, राजबल्लभ कोइराला, आकाश अधिकारी, सुष्मा कार्की, विनीता बराल, केकी अधिकारी, पुजना प्रधान, सुनील थापा, निर्देशक सुरेशदर्पण पोखरेललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया