लडाकुका कमाण्डर र माओवादी नेतृत्वबीच छलफल

काठमाडौं, २ चैत । शान्ति प्रक्रिया अन्तर्गतको प्रमुख बिषय सेना समायोजनको प्रारम्भिक प्रस्ताव प्रधानमन्त्री बाबुराम भट्टराईले बिशेष समितिमा राखेपछि त्यस बिषयमा लडाकुका कमाण्डरले एकीकृत माओवादीको नेतृत्वसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा लडाकुका कमाण्डरले समायोजनका बिषयमा नेतृत्वसँग जानकारी लिएका हुन् । त्यस क्रममा सात बुँदे सहमति कार्यान्वनय र लडाकुका मागका बिषयमा बाझिएका बारेमा समेत नेतृत्वलाई जानकारी गराएको स्रोतको भनाई छ ।

छलफलमा उनीहरुले सेना समायोजनका क्रममा महानिर्देनालयमा आफूहरुको पनि प्रतिनिधित्वको माग गरेका थिए । सात वटै डिभिजनका लडाकुका कमाण्डरका साथै अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराईलगायत केही नेताहरुको सहभागिता रहको छलफलमा समायोजन प्रक्रिया र शैक्षिक अवकास लगायतमा पनि परामर्श भएको थियो ।

समायोजनमा नेपाली सेनाको मेजर भन्दा माथिको पद नपाउने भएपछि लडाकुका अधिकांश कमाण्डरले शैक्षिक अवकास लिने वा अर्को बिकल्प रोज्ने पक्षमा पनि नेतृत्वसँग छलफल गरेका थिए ।

प्रतिक्रिया