पश्चिमान्चल एफएम भवनमा बम विष्फोट

पाल्पा, २ चैत । पाल्पा जिल्लामा रहेको पश्चिमान्चल एफएममा आज अज्ञात समूहले बम बिष्फोट गराएको छ ।

श्रीनगरस्थित पश्चिमान्चल एफएम रहेको भवनमा अपरान्ह तीन बजेर २० मिनटको समयमा अचानक बम विष्फोट भएको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।

उक्त विष्फोटनबाट भएको क्षतीबारे जानकारी लिने काम भइरहेको प्रहरी भनाई छ ।

बम विष्फोटन भएका समयमा एफएम भवनमा एकीकृत माओवादीका जिल्ला स्तरीय नेताहरु रहेको बताईएको छ । बिष्फोटबाट उनीहरुलाई कुनै क्षति पुगेको छैन ।

प्रतिक्रिया