माओवादीको दुई समूहबीच कुटाकुट

पोखरा, २ चैत । पोखरामा नयाँ बस व्यवसायी समिति दर्ता विवादमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पक्षका मजदुरले उपाध्यक्ष बाबुराम भट्टराई पक्षधर मजदुर नेतालाई निर्घात कुटपिट गरेका छन् ।

कुटपिटबाट मजदुर नेताको अवस्था गम्भिर भएको छ । अखिल नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष रिम बस्याल आफ्नै पार्टीका नेता तथा कार्यकर्ताको कुटपिटबाट गम्भिर घाईते भएका हुन् । बस्यालको मुख, टाउको र नाकमा गम्भिर चोट लागेको छ ।

गम्भिर घाइते बस्यालको पोखरामा उपचार भईरहेको छ । उनको होस खुल्न सकेको छैन ।

प्रतिक्रिया