महानिर्देशनालयमा नेतृत्व माओवादीको पनि हुनुपर्छ

काठमाडौ, २ चैत । भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले सेना समायोजन गर्दा महानिर्देशनालयमा नेपाली सेनाको जुन पदले नेतत्व गर्छ त्यो पद माओवादी लडाकुलाई पनि दिनुपर्ने माग गरेका छन् ।

उनले भने, ‘६ हजार ५ सयको संख्यामा जुन पदले नेतृत्व गर्छ त्यो पद माओवादी लडाकुले पनि पाउनु पर्छ ।’

रिपोर्टर्स क्लव नेपालले आज राजधानीमा गरेको साक्षत्कारमा मन्त्री त्रिपाठीले समायोजनलाई स्विकारेपछि समायोजनका सबै तत्वलाई स्विकार्नु पर्ने बताए ।
उनले भने, ‘पहिला महानिर्देशनालयको संख्या तय गरौ त्यसपछि समायोजन हुने कति संख्यामा नेपाली सेनाको के दर्जा हुन्छ लडाकुलाई पनि त्यो दर्जा दिऔं ।’

समायोजन हुनेको बृज कोर्स र तालिम लगायतका ब्यवस्था गर्नुपर्ने भएकोले महानिर्देशनालयको नेतृत्वमा पनि माओवादीको प्रतिनिधित्व हुनु पर्ने मन्त्री त्रिपाठीको माग थियो ।

उनले संघीयतालाई कुरुप बनाउने षडयन्त्र मुलुकमा चलिरहेको दावी गरेका छन् । मन्त्री त्रिपाठीले भने, ‘संघीयता निल्न नमिल्ने र ओकल्नपनि नमिल्ने तातो आलु हो ।’

प्रतिक्रिया