विदेश नजान एमालेको निर्देशन

काठमाडौं, २ चैत । दोस्रो ठूलो बिपक्षी दल नेकपा (एमाले) ले शान्ति र संविधानको प्रक्रिया र काम नटुगिंएसम्म विदेश भ्रमणमा नजान आफ्ना नेता तथा सभासदलाई निर्देशन दिने निर्णय गरेको छ ।

एमाले संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले पार्टीका शीर्ष नेता र सभासदलाई विदेश नजान निर्देशन दिने निर्णय गरेको सभासद रामनाथ ढकालले बताए । शान्ति र संविधानको कामलाई छाडेर एमालेका प्रमुख नेता र सभासद बिदेश भ्रमणमा जान नहुने भन्ने प्रस्ताव सभासद यमलाल कडेंलले राखेपछि सर्वसम्मतिले पारित भएको थियो ।

एमालेका केही सभासद र प्रमुख नेताहरु बिदेश भ्रमणमा जान लागेको भन्दै आलोचना बढेपछि एमालेले आफ्ना सभासद र नेताहरुलाई बिदेश जान रोक्ने निर्णय गरेको हो ।

बिशेष समितिका सदस्य समेत रहेका महासचिव ईश्वर पोखरेल र भीम रावलका साथै सभासद प्रदीप ज्ञवाली र उषाकला राई शुक्रवार स्विजरल्याण्ड जाने कार्यक्रम प्रभावित हुने भएको छ ।

प्रतिक्रिया