टाटा भ्यानमा बिष्फोट

नवलपरासी, २९ फागुन । नवलपरासीको सुनवल–१ मा अज्ञात समूहले राखेको बम विष्फोट हुँदा टाटा भ्यानमा क्षती पुगेको छ ।
सुनवलस्थित सन साईन होटल अगाडी पार्किङ गरी राखेको गोरखा जिल्ला गोरखा नगरपालिका–८ बस्ने रविन सुनारको ग १ च ६८३२ नम्वरको टाटा भ्यानमा बम बिष्फोटबाट क्षती भएको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ । बिष्फोटबाट मानवीय क्षती भने भएको छैन ।
बिष्फोटबाट गाडीको पछाडीको २ वटा टायर र अगाडीका हेडलाईटमा क्षती पुगेको छ । बिष्फोटबाट होटलका सिसा समेत फुटेका छन् । बिष्फोट कस्ले गराएको हो भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया