कार्यालय नहुँदा लाखौँको कर छली

बाग्लुङ, २७ फागुन । एक हजारभन्दा धेरैले उद्योग व्यवसाय सञ्चालन गरे पनि लाखौा रुपियाा राजस्व चुहावट हुने गरेको छ । जिल्लामा राजस्व कार्यालय नहुादा राजस्व सङ्कलनमा असर परेको हो ।
बाग्लुङ उद्योग वाणिज्य सङ्घको तथ्याङ्कअनुसार जिल्लामा एक हजार ९४ व्यावसायिक र्फम र उद्योग छन् तर करको दायरामा आउने निकै कम छन् ।
आन्तरिक राजस्व कार्यालय पोखराका
अनुसार भ्याटमा दर्ता हुने र्फमको सङ्ख्या एक-एक सयको हाराहारीमा मात्र छन् । अन्य र्फम तथा उद्योग स्थायी लेखानम्बर -प्यान) मा मात्र दर्ता भएका छन् । यसले गर्दा लाख रुपिया राजस्व चुहावट भइरहेको कार्यालयको भनाइ छ । करको दायरामा आउने र्फमको यकिन तथ्याङ्कसमेत कार्यालयसाग छैन ।
वाषिर्क २० लाखभन्दा कम कारोबार गर्ने व्यवसायीले प्यानमा दर्ता गरे पुग्ने र २० लाखभन्दा बढी रकमको कारोबार गर्नेले भ्याटमा दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ । प्यान नम्बरमात्र लिएर व्यवसाय सञ्चालन गर्दा न्यूनतम कर तिरे पुग्ने भएकाले भ्याटमा दर्ता हुने व्यवसायी कम देखिएको बाग्लुङ उद्योग वाणिज्य सङ्घका महासचिव जयराम भारीले बताए । यसले गर्दा राज्यले राजस्व गुमाएको उनको भनाइ छ । ‘जिल्लाका व्यावसायिक र्फम र उद्योगले वाषिर्क २० लाखभन्दा बढी कारोबार गर्छन् तर व्यवसायी भ्याटमा दर्ता गर्न डराएको अवस्था छ,’ उनले भने ।
सम्बन्धित निकायको कमजोर अनुगमन र जिल्लामा आन्तरिक राजस्व कार्यालयको शाखा नभएका कारण पनि लाखााै रुपियाा राजस्व छली भइरहेको व्यवसायीहरूको भनाइ छ । कार्यालय नहुादा खर्चको भार परेको भन्दै व्यवसायीले छिटो कार्यालय स्थापना गर्न माग गर्दै आएका छन् । गत १ माघमा नै बाग्लुङमा कर कार्यालय स्थापना हुने बताइए पनि हालसम्म कार्यालय स्थापना नहाुदा यस क्षेत्रका व्यवसायी कर सम्बन्धी सबै कामका लागि पोखरा जानुपर्ने बाध्यतामा छन् ।
बाग्लुङमा कर कार्यालय स्थापना भए पर्वत र म्याग्दीका व्यवसायीसमेत लाभान्वित हुनेछन् । जनशक्ति अभाव देखाउादै बाग्लुङको कर कार्यालय २०५४ सालमा पोखराको कार्यालयमै गाभिएको थियो । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कृष्ण बस्नेतका अनुसार कर छलीको गुनासो कार्यालयमा आउने गरेको छ । ‘तत्काल बाग्लुङमा कार्यालय खोलेर सेवा सञ्चालन गर्छौा र अनुगमनमा पनि ध्यान दिन्छौ,’ बस्नेतले भने ।
भ्याटमा दर्ता भए कुल मुनाफाको १३ प्रतिशत भ्याट जोडिने भएकाले व्यापारीहरू कर छलीतर्फ लागेको व्यवसायी रमण विश्वकर्माले बताए । जिल्लाका सुनचादी व्यवसायीसमेत भ्याटको दायरामा छैनन् । थुप्रै व्यवसायीले एकदेखि पााच लाख रुपिया सम्मको कारोबार गर्ने गरी प्रमाणपत्र लिएका छन् । त्यस्तै ठूलो कारोबार गर्ने फेन्सी कपडा व्यवासायीसमेत प्यानमा मात्र दर्ता भएका छन् ।

प्रतिक्रिया