‘गोल गर्न नसक्ने’ नेपाल बाहिरियो


काठमाडौं, २७ फागुन । डिफेन्डर र स्ट्राइकरको बिर्सनलायक प्रदर्शनले दोस्रो खेलमा पनि निरन्तरता पाएपछि नेपाल चौथो एएफसी च्यालेन्जकप प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ । ‘फुटबलमा गोल गर्ने थोरै अवसर आउाछन्, तिनलाई सदुपयोग गर्नुपर्छ । गोलविना जित असम्भव छ,’ नेपाली टोलीका मर्माहत प्रशिक्षक ग्राहम रोबर्ट्सले भनेको यो भनाइ टोलीको मूल मर्म हो । रङ्शालामा उपस्थित हजारौं ‘नेपाली जितका भोका’ दर्शकले पोस्ट म्याच कन्फेरेन्समा भनिएको रोबटर्सको यो भनाइ नसुने पनि पटकपटक यही भनिरहे, ‘गोल गर्न नसक्ने नेपाल । बरु हामी पो खेल्न जाने हो कि क्या हो ।’
गोल गर्ने अवसर थुप्रै आए तर सबै खेर गए । नेपाली दर्शक चिच्याई मात्र रहे- नेपाल, नेपाल, नेपाल …। तर परिणाम ?
समूह ए अन्तर्गत शनिबार हल्चोक मैदानमा प्यालेस्टाइन र तुर्कमेनिस्तानले बराबरी खेल्दा जित्नैपर्ने दबाबमा दशरथ रङ्गशालामा उत्रिएको नेपाल माल्दिभ्ससाग १-० ले पराजित भयो । माल्दिभ्ससागको हारसागै नेपाल समूहमा एक खेल खेल्न बााकी छादै अघिल्लो चरण प्रवेश नगर्ने निश्चित भएको हो । चार टिम रहेको समूहमा दुई-दुई खेल खेलेका प्यालेस्टाइन र तुर्कमेनिस्तानको समान चार अङ्क छ । दुई खेल खेलेको माल्दिभ्सको तीन अङ्क भयो भने घरेलु टोली नेपालले अङ्क जोड्न सकेको छैन । समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानविरुद्ध जित हात पारे त्यो अब सान्त्वना मात्र हुनेछ ।
समूहको पहिलो खेलमा प्यालेस्टाइनविरुद्ध
२-० ले पराजित भएपछि मालदिभ्सविरुद्ध दबाबमा उत्रिएको नेपालले थुप्रै गोलका अवसर खेर फालेको थियो । खेल अवधिभर धेरैजसो समय बल घरेलु टोलीको नियन्त्रणमा थियो, गोल गर्ने प्रयास पनि घरेलु टोलीले नै अधिकतम गरेको थियो । तर नेपालको दबाबपूर्ण प्रदर्शनका बीच कमै अवसर सृजना गरेको माल्दिभ्सलाई नेपाली रक्षापङ्क्तिको एक ‘सिल्ली’ गल्ती नै जित हात पार्न पर्याप्त भयो ।
खेलको ५० आंै मिनेटमा डिफेन्डर सन्दीप राईको गम्भीर गल्तीलाई सदुपयोग गर्दै ‘अनमाक्र्ड’ हकीले सेकेन्ड वारमा गोल गर्दा घरेलु टोलीबाट गोलको अपेक्षा गरी धैर्यताका साथ रङ््गशालामा खेल हेरिरहेका १० आं हजार नेपाली दर्शक स्तब्ध बन्न पुगेका थिए । डि-बक्सभित्र सन्दीपले हेडबाट बल अगाडि बढाउन खोज्दा उल्टै गोलकिपरतर्फ बढे पनि नेपाली डिफेन्डरले सागै रहेका विपक्षी खेलाडीलाई ‘मार्क’ गर्न सकेनन् । त्यसपछि वन भर्सेस वनमा हकीले सेकेन्ड वारमा गरेको प्रहार नेपाली गोलरक्षक रीतेश थापाले डाइभ गरे पनि गोल हुनबाट असफल भएन । । ‘क्लिन फिनिसिङ’ सागै यसै प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका हकीले आˆनो पहिलो अन्तर्राष्ट्रिय गोल नेपालविरुद्ध लेखाए ।
यसअघि खेलको सुरुआतदेखि नै अवसरहरू सृजना गरेको नेपालको फिनिसिङ खेल अवधिभर कमजोर रहृयो । १४ अै मिनेटमा राजु तामाङको कर्नर प्रहारमा डि-बक्सभित्र सन्दीप राईले बल खुट्टाको बीचबाट कटाएर अवसर सृजना गरिदिए पनि त्यसलाई कुनै पनि नेपाली खेलाडीले भेटाउन सकेनन् । २८ आं मिनेटमा दुईपटक गोलको अवसर सृजना भयो । तर, भरत खवास र जुमानु राई त्यसमा चुके । दुईपटक गोलकिपरबाट रिवाउन्ड हुादा पनि भरत र जुमानुले खाली पोस्टमा गोल गर्न सकेनन् । दुवै खेलाडीको फिनिसिङ कमजोर रहृयो ।
एकपछि अर्को आक्रमण रच्ने क्रममा ३६ आं मिनेटमा पनि नेपाल गोलनजिक पुगेको थियो तर यसपटक भाग्यले साथ दिएन । डि-बक्सबाहिरबाट राजु तामाङले गरेको प्रहार क्रस वारमा ठोक्किएर गोललाइनभन्दा ठीक बाहिर खस्यो र मैदानतिरै फर्कियो । त्यसको दुई मिनेटलगत्तै घरेलु टोली अर्को अवसरलाई सदुपयोग गर्न चुक्यो । जुमानु राईले गरेको उत्कृष्ट क्रसलाई माल्दिभ्सका गोलकिपर इम्माले कठिनरूपमा ‘पन्च’ गरे पनि उपलब्ध वन भर्सेस वनको अवसरमा भरत खवासले विपक्षी गोलकिपरको चुनौती पार गर्न सकेनन् ।
ल्ागातारको दबाबका बाबजुद अप्रत्यासित रूपमा पछि परेपछि राजु तामाङ र रवीन श्रेष्ठको ठाउामा जितेन्द्र कार्की र सन्तोष साहुखल मैदान छिरेका थिए । तर डिफेन्डर जितेन्द्रले कमजोर प्रदर्शन गरेपछि उनलाई प्रतिस्थापन गरी टङ्क बस्नेत छिरेका थिए । अन्तिम केही समय मात्र खेल्ने क्रममा प्रभावशाली प्रदर्शन गरेका टङ्कले माल्दिभ्सविरुद्ध खेलेर अन्तर्राष्ट्रिय डेब्यु गरे  । ८० आंै मिनेटमा साहुखलले खेललाई बराबरीमा ल्याउने अवसर निकाले पनि त्यसमा माल्दिभ्सका डिफेन्डर बाधक बने । डि-बक्सबाहिरबाट साहुखलले गरेको प्रहार गोललाइनको नजिकैबाट विपक्षीले क्लियर गरेका थिए ।
यसअघि प्यालेस्टाइनविरुद्ध पनि नेपाली डिफेन्डर र स्ट्राइकरले कमजोर प्रदर्शन गरेका थिए । आधा दर्जनजति गोलका अवसर सृजना भए पनि कमजोर फिनिसिङ नै गोल नहुनुको प्रमुख कारण थियो । माल्दिभ्सजस्तै प्यालेस्टाइनविरुद्ध पनि नेपाली टोलीको दबदबा थियो ।
तुर्कमेनिस्तानसाग भिड्नुअघि नै ६ वर्षपछि सेमिफाइनलमा प्रवेश गर्ने नेपालको सपना पूरा नहुने भएको छ । सन् २००६ मा बङ्गलादेशमा सम्पन्न पहिलो संस्करणयता नेपालले प्रतियोगिताको समूहचरण पार गर्न सकेको छैन । सन् २००८ मा समूहचरणबाटै बाहिरिएको नेपाल गतसंस्करणमा भने छनोटचरणबाटै बिदा भएको थियो ।
यस प्रतियोगितामा विजयी सुरुआत गरेका तुर्कमेनिस्तान र प्यालेस्टाइनबीच हल्चोक मैदानमा शनिबार सम्पन्न खेल प्रतिस्पर्धात्मक रहेको थियो । जित हात पार्दै एक खेलअगावै सेमिफाइनल यात्रा निश्चित गर्ने उद्देश्य दुवै टोलीको पूरा नभएको हो । आ-आˆना अन्तिम खेलमा बराबरीको नतिजा मात्रै निकाले पनि यी दुवै टोलीले सेमिफाइनल यात्रा तय गर्नेछन् ।

प्रतिक्रिया