कलाकार सङ्घमा रक्तदान

काठमाडौः एघारौ वाषिर्कोत्सवका अवसरमा नेपाल चलचित्र कलाकार सङ्घले शनिबार राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा मनोज श्रेष्ठ, टीका पहाडी, कृष्ण मल्ल, रमेश बुढाथोकी, कृष्ण पहाडी, रेखा थापा लगायत चलचित्रकर्मीको उपस्थिति थियो ।
कलाकारले चलचित्रमार्फत मात्र नभई बाहिरी क्रियाकलापबाट पनि समाजप्रतिको दायित्व निर्वाह गर्नुपर्ने उद्देश्यले रक्तदानको आयोजना गरिएको सङ्घका महासचिव नवल खड्काले जानकारी गराए ।

प्रतिक्रिया