भारतीय मजदुरको मृत्यू

विराटनगर, २७ फागुन  । मोरङमा सँगै काम गर्ने सहयोगीले लाठीले टाउकोमा प्रहार गर्दा ६२ वर्षीय भारतीय मजदुर मोजिवुल मियाँको मृत्यु भएको छ ।

मोरङको डुम्राहा गाविस वडा नम्वर ७ मा रहेको  स्टिल ईट्टाभट्टामा काम गर्दै आएका भारत पश्चिम वंगालका मोजिवुललाई उनकै सहयोगी भारत पश्चिम वंगालकै १८ वर्षीय मोजिवर मियाँले शुक्रवार राती लाठी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

लाठी प्रहारबाट घाईते मोजिवुरलाई राती उपचारका लागि विराटनगरस्थित कोशी अञ्चल अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा शनिवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । (सौस)

प्रतिक्रिया