चितवन भित्रिने र बाहिरिने नाका बन्द

चितवन, २७ फागुन । राज्य पुनसंरचना सुझाव आयोगले चितवनाई चार क्षेत्रमा विभाजन गर्न प्रस्ताव गरेको विरोधमा आन्दोलन थालेका स्थानीयले आज चितवनमा यातायात भित्रिने र बाहिरिने नाका बन्द गराएका छन् ।

एकीकृत र बृहत चितवनको माग गर्दै आएका उनीहरुले जिल्ला भित्रने र बाहिरिने नाका बन्द गराएपछि सर्वसाधारण यात्रुले सास्ती बेहोर्नु परेको छ । काठमाडौं तर्फ जाने रामनगर, पश्चिम तर्फ पुलचोक र पूर्वतर्फको लोथरमा स्थानीयले बन्द गराएका छन् ।

तीनवटै नाकाबाट सवारी साधन भित्रिन पाएका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहानैदेखि तीनै नाकाबाट सवारी साधन भित्रिन दिएका थिएनन् । त्यसै गरेर आन्दोलनकारीले सवारी साधन बाहिरिनपनि नदिएको प्रहरी भनाई छ ।

बृहत र एकीकृत चितवन निर्माणका लागि संयुक्त आन्दोलन संघर्ष समिति निर्माण गरेर राजनीतिक दलको नेतृत्वमा स्थानीयवासीले आन्दोलन थालेका हुन् । नाकाबन्दी बिहान १० बजेसम्म गरिएको एकीकृत माओवादी चितवनका इन्चार्ज अनिल शर्मा बिरहीले जानकारी दिए ।

प्रतिक्रिया