होचा डाँगी सम्मानित

दाङ, २६ फागुन । गिनिज बुक अफ वल्र्डमा रेकर्डमा विश्वको सबै भन्दा होचो व्यक्ति रुपमा नाम लेखाउन सफल चन्द्रबहादुर डाँगीलाई जिल्ला विकास समिति दाङले सम्मान गरेको छ । चन्द्रबहादुरले राष्ट्रसँगसगै जिल्लाको समेत नाम राखेको भन्दै जिविसले सम्मान गरेको हो ।
जिविस दाङको आज सम्पन्न जिल्ला परिषदका अवसरमा डाँगीलाई स्थानीय विकास अधिकारी विष्णुप्रसाद पोखरेलले सम्मान पत्रका साथै फूलमाला लगाए सम्मान गरहेका हुन् ।
विश्वका सबैभन्दा होचा जीवित व्यक्तिका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डकायम गरेका चन्द्रबहादुर डाँगी दाङ पुरन्धारा ८ रिमखोली निवासी हुन् । ७२ वर्षे डाँगीको उचाई ५४.६ सेन्टिमिटर अर्थात २१.५ इन्च छ ।
यसरी होचा व्यक्तिको कीर्तिमान  राखेका फिलिपिन्सका जुनेवालावीङ भन्दा ३.३ सेन्टिमिटर होचा भएकाले जुनेको नाममा रहेको होचा व्यक्तिको रेकर्ड डाँगीले तोडेका हुन् । व्यवहारिक रुपमा परिपक्व डाँगीले नाचगान र मादल बजाउने रुची राख्ने गर्दछन् ।

प्रतिक्रिया