सकेट बम सहित ४ पक्राउ

बाँके, २६ फागुन । बाँके जिल्लाको बेलहीबाट प्रहरीले सकेट बम सहित चार जनालाई आज पक्राउ गरेको छ ।
बेलहरी गाविस वडा नम्वर ७ बस्ने अयोध्याप्रसाद लोहनियाको घरबाट २ थान सकेटबम, तारले बाधेको शंकास्पद बस्तु १ थान र बम बनाउने पाउडर २ पोका बरामद गरेको प्रहरीसमाचार कक्ष नक्सालले जनाएको छ ।

बिहान ८ बजे लोहनियाको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा बम लगायतका बस्तुहरु फेला परेको थियो । अयोध्याप्रसाद लोहनिया भने फरार रहेका छन् । उनलको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

यसैवीच, बाँकेको बिराट गाविस वडा नम्वर ३ मा ३५ बर्षीय हरिदत्त देवकोटा मृत अवस्थामा फेला परेका छन् । आफ्नै ससुराली घर नौवस्ता गाविस स्थित कमल बहादुर न्यौपानेको घरमा आज विहान मृत फेला पारिएको थियो ।

उता, बर्दीयाको गुलरिया नगरपालिका वडा नम्वर १ मा आज बिहान स्थानीय मानिसहरुले बाटो खन्ने क्रममा कालो कपडाले बेरेको अवस्थामा २ वटा सकेट बम फेला पारेका छन् ।२ वटै बमलाई प्रहरीले सुरक्षित निष्कृय बनाएको छ ।

प्रतिक्रिया