भवव्य रुपमा एएफसी कपको उद्घाटन

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री बाबुराम भट्टराईले एएफसी च्यालेन्ज कप फुटवलको उद्घाटन गरेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगलाशालमा प्रधानमन्त्री भट्टराईले एएफसी च्यालेन्जको उद्घाटन गरेका हुन् । उनले फिफाका अध्यक्ष ब्लाटरको आग्रहमा खेलको उद्घाटन गरेका हुन् । त्यसै गरेर प्रधानमन्त्री भट्टर्राइले आजको दिन इतिहाँसमा लेखिने बताएका छन् । अध्यक्ष ब्लाटरले भने नेपाल र प्यालेष्टाईन टोलीलाई शुभकामना दिएका छन् ।


उद्घाटन कार्यक्रममा प्रधानमन्त्री भट्टराईका साथै फिफा अध्यक्ष ब्लाटर, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, शेरबहादुर देउवा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, केपी ओली, बामदेव गौतम, राप्रपा नेपलाका अध्यक्ष कमल थापालगायतका शीर्ष नेताहरुको सहभागिता रहको थियो ।
यस अघि, एएफसी च्यालेन्ज कपको उद्घाटन कार्यक्रममा सहभागी हुन आएका अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ब्लाटरले राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईसँग भेटगरेका थिए ।
अध्यक्ष ब्लाटरलाई त्रिभूवन विमानस्थलमा युवा तथा खेलकुद मन्त्री कमला रोका, एन्फाका अध्यक्ष गणेश थापा, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष युवराज लामालगायतका खेल अधिकारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया